सिटिजन्स बैंकबाट उमंग शर्माको एक्कासी राजीनामा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको व्यवस्थापन तहमा रहेकी उमंग शर्माले एक्कासी राजीनामा दिएकी छन् । बैंकको प्रवक्ताको भूमिकामा रहेकी उनले बिहीबार राजीनामा दिएको स्वीकार गरिन् । 

सिटिजन्स बैंकमा सहायक महाप्रवन्धक रहेकी शर्माले शुक्रबारदेखि लागू हुने गरेर राजीनामा दिएको कपोरेट नेपाललाई बताइन् । 

Advertisement

सिटिजन्स बैंक स्थापनाकालदेखि सिटिजन्स बैंकमा कार्यरत उनले आफू कुनै बैंकमा जाने योजना बनाएर राजीनामा नदिएको बताइन् । यसअघि सिटिजन्सका डेपुटी सीईओ बोधराज देवकोटाले केही समयअघि छोडेर महालक्ष्मी विकास बैंकको सीईओ भएका थिए । 

Advertisement

Advertisement