राशिफलः कस्तो रहला आज (वैशाख ३१)को तपाईंको दिन ?

Advertisement

आज २०७८ साल वैशाख महिनाको ३१ गते शुक्रबार, वैशाख शुक्लपक्षको तृतीया तिथि । आज अक्षय तृतीया, परशुराम जयन्ती शिवपार्वती विवाह महोत्सव तथा युगादी तिथि ।

मेष 
पेशागत जीवनमा सकारात्मक सुधार आउने छ । आत्मबलले भरिएको दृढ ब्यक्तित्व हुने भएकाल कसैले हेप्न सक्ने छैनन् । नेतृत्व गर्ने क्षमता हुने भएकाले अरुले विश्वास गर्ने छ । पारीवारिक सदस्यहरुले धन सम्पत्ति तथा ब्यवहारमा सहयोग गर्ने छन् । बोलीको प्रभावमा केही सुधार हुने छ । जोखिम मोल्न तम्तयार रहने स्वाभाव हुने छ । पशुपालन, कुखुरा तथा पन्छिपालन, खेति, ग्रिल उद्योग, फलामको कारोवार, केमिकल्स, रसायनीक मलको कारोवार, उद्योग कलकारखाना, ठेक्कापट्टा आदी जस्ता क्षेत्रका सक्रियहरुलाई सकारात्मक नतिजा देखिने छ ।

Advertisement

वृष 
भाग्यको बलियो साथ रहेको छ । आकर्षक ब्यक्तित्व हुने छ । जीवनमा सुख, सुविधा भोग विलास गर्नु पर्दछ भन्ने सोचाईले बढावा पाउने छ । आत्माबलको कमि हुने छ । घर घडेरी, गाडि, बाहन तथा अन्य सुख सुविधाका सामानहरु बेच्नु पर्ने वा त्यसमा नोक्सान हुने समय चलिरहेकाले सतर्क रहनु पर्ने छ । नेतृत्व क्षमतामा गिरावट आउने छ जसले गर्दा अरुले गरेको विश्वासमा घट्न पुग्ने छ । पेशागत जीवनमा सकारात्मक परिस्थिति कायम रहने छ । ठेक्कापट्टा, निर्माण ब्यवसाय, फलाम, स्टिल, उद्योग कलकारखाना, उत्पादन क्षेत्रमा सक्रियलाई फाईदा हुने छ । 

मिथुन 
समय अलि प्रतिकुल चलिरहेकाले धैर्यताको खाँचो छ । मनोबलमा भने केही बृद्धि हुने छ । योसँगै रिसाहा खालको आनीबानी देखिने भएकाले संयमित रहनुहोला । मन उदास रहने छ । परिवारका सदस्यहरुबीच मनमुटाव बढ्न जाने छ । सञ्चित धन सम्पत्ति तथा बैंक बचत खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । आम्दानीमा भने थोरै बृद्धि हुन जाने भएकाले केही राहत मिल्ने छ । ब्यवसाय, उद्योग, कलकारखाना तथा कार्यालयमा ब्यवस्थापन र मजदुर बीच द्वन्द देखा पर्न जाने भएकाले संयमत भएर काम लिनु हुँदा उपयुक्त हुने छ । 

कर्कट
औसत समय सक्रिय रहेको छ । आफ्ना सपना पुरा गर्नका लागि केन्द्रित हुने खालेको ब्यक्तित्व हुने छ भने त्यसका लागि उर्जा प्राप्त हुने छ । पेशागत जीवनमा समस्याहरु आउने समय रहेको छ । पेशागत जीवनमा सहकर्मी तथा बोसहरुसँग असमझदारी हुने भएकाले बोलीमा नियन्त्रण राख्नु होला । दाम्पत्य जीवनमा सुमधुरता उत्पन्न हुने भएकाले जीवनसाथिको साथले कठिनाईसँग मद्दत मिल्ने छ । भाग्यको साथ नरहेकाले अपजस आइ लाग्ने छ । साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा हुन जाने छ । पैतृक सम्पत्तिको परिचालबाट फाईदा मिल्ने छ । 

सिंह
भाग्य बलियो रहेको छ । ब्यक्तित्वको उच्च कदर हुने छ । आफ्नो मेहनतबाट कर्मशिलता बृद्धि गर्ने र आम्दानी बृद्धि गर्ने जाँगर उत्पन्न हुने भएकाले भाग्यको निर्माण हुन जाने छ । उच्च मनोबल हुने भएकाले कठिनाईहरुसँग जुध्न र त्यसमा विजय प्राप्त गर्नका लागि शक्ति प्रदान हुने देखिन्छ । पेशागत जीवनमा निर्वाह गरेको भुमिकाको कदर हुने छ । लक्ष्य प्राप्ति हुने छ । मनमा भने दुविधा बढ्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिग्रह आउने भएकाले संयमताको खाँचो छ । 

कन्या
अलि चुनौतिको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्न जाने भएकाले अरुको विश्वास भने जित्न सकिने छ । आत्माबलको कमि हुने भएकाले अरुले आशा गरे अनुसारको नेतृत्व क्षमता हुने छैन् । यश र्कीति र ख्यातिमा गिरावट आउने छ । कठिन परिस्थितिका बीच पनि छोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था निम्तिने छ । कमाई घट्न पुग्ने छ, यसले मनमा चिन्ता थपिदिने छ भने भविष्यप्रतिको आशावादीपनामा पनि कमि ल्याउने छ । साझेदारहरु मिलेर गरेको काममा  बाझाबाझ हुने अवस्था देखिएकाले सतर्कताको खाँचो छ ।

तुला 
समय अलि प्रतिकुल देखिन्छ । रोजगारीमा गम्भीरखाले समस्या आउने हुँदा रोजगारी नै गुमाउने अवस्था आउन जाने भएकाले यसबारेमा होसियारी अपनाउनु होला । मनमा दुविधाले सताउने छ । ब्यक्तित्वमा गिरावट आउने भएकाले ढुलमुले प्रवृत्तिको जस्तो देखिने । निर्णय क्षमतामा पनि ह्रास आउँदा आफू भन्दा तलका ब्यक्तिहरुले हेप्ने छन् । बोलीको प्रभाव घट्ने भएकाले धेरै बोल्ने भन्दा ठिक्क मात्र बोल्ने बानी बसाल्नु होला । पेशागत जीवन र ब्यवसायिक वातावरणमा समस्याहरु देखा पर्ने छन् । 

वृश्चिक
निकै धैर्य भएर हिड्नु पर्ने समय छ । मनमा निराशाले सताउने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले सहकर्मी तथा साथिभाईहरुले अन्योलग्रस्त ब्यक्तिका रुपमा महशुस गर्ने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । ब्यवसायमा पनि अबरोध र अपमान सहनु पर्ने समय भएकाले निकै संयमित रहनु होला । सकारात्मक भन्दा नकारात्मक चिन्तनले मनमा डेरा जमाउने छ । मनमा हुने निराशाले उत्साह र उमङ्गमा भारी गिरावट ल्याउने भएकाले योग, ध्यान गर्दा उपयुक्त हुने छ । 

धनु 
औसत समय सक्रिय छ । भाग्यको बलियो साथ रहेको छ । पारीवारिक सदस्यहरुबाट सहयोग पाइने छ । कठिनाईको घडिमा परिवारको साथले गर्दा आड भरोसा प्राप्त हुने छ । आन्तरिक बाठोपनामा बृद्धि हुने भएकाले फाईदा घाटाको चेत हुन जाने छ । बोलीको प्रभाव कम हुन जाने छ, खासगरी बोलीमा कडापना अत्याधि हुने छ । मनमा भने दुविधाले सताउने भएकाले उपयुक्त समयमा उपयुक्त निर्णय लिने क्षमतामा कमि गराउने छ । साझेदारीमा गरिएका कामहरुमा अविश्वास पैदा हुने भएकाले यसबारेमा संवेदनशिल बन्नु होला ।  

मकर 
सकारात्मक समय रहेको छ । मनोबल उच्च हुने भएकाले दृढ खालको ब्यक्तित्व हुने छ । जीवनसाथिको आत्मिय साथले प्रगति हुने छ भने असजिलो समयबाट पार पाइने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । जो पायो त्यहीले हेप्न सक्ने छैनन् । रिस बढि हुने भएकाले संयमित भएर ब्यवहार गर्नु होला । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा आमदानी राम्रो हुने भएता पनि बिबाद देखिन जाने छ ।

कुम्भ 
आम्दानीमा बृद्धि हुने छ । यसले दृढ ब्यक्तित्व बनाउने छ । पेशागत जीवनमा भने सुसमाचार प्राप्त हुने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । राम्रो भइरहेका विषयमा पनि चित्त नबुझाई अलि असन्तोषी स्वाभाव भने देखा पर्ने छ । जीवनसाथिको साथले परिस्थितिसँग सामना गर्न आत्माबल बढाउने छ । मेहनति र पराक्रमी स्वाभाव हुने छ । सुख सुविधा तथा भोग विलासका साधनहरु प्रयोग गर्न मिल्ने समय छ । पेशा ब्यवसाय तथा कार्यालयमा श्रम समस्या देखिने छ । 

मीन
आम्दानीमा केही बृद्धि हुने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । बाणिमा अधिक कडापना आउने भएकाले विचार  पु¥याउनु होला । दुविधात्मक ब्यक्तित्व देखा पर्ने भएकाले अरुले तपाईप्रति अन्योलता पाउने छन् । पेशागत जीवनमा गम्भीरखाले झुटा आरोप तथा क्षतिपूर्ति तिर्नु पर्ने अवस्था आउन सक्ने भएकाले निकै सतर्कतासहित कार्य सम्पादन गर्नु होला । भाग्यको साथ कम रहेकाले गर्न खाजेका कामहरु ढिला गरि मात्र पुरा हुने छन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement