सहज परिस्थिति नभएसम्म साना निक्षेपर्तालाई बैंक नजान अनुरोध

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको र दैनिक संक्रमण र मृत्युदर आकासिदै गएकोले सहज परिस्थिति नभएसम्म साना निक्षेपकर्तालाई बैंक नजान डेभलपमेन्ट बैंकर्स संघ नेपालले अनुरोध गरेको छ । संघले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरू अवलम्वन गर्ने, प्रधान कार्यालयका कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रर्म होमको माध्यमबाट कार्य गर्ने गराउने कार्यलाई प्राथमिकता दिने बताएको छ ।

महामारी बढ्दै गएकोले सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरू मार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने भएको छ ।

संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरूबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने भएको छ । आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने र नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्नेसहितको यस अघि केन्द्रीय बैंकले दिएको निर्देशनलाई पालना गर्ने पनि बताएको छ । 

अहिलेको परिस्थिति भनेको आफू सुरक्षित हुँदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि चुनौंति थपिएको अवस्था छ । यो वेला विकास बैंक एशोसिएसन नेपालको कार्य समितिले मिति २०७८ वशाख १९ गते दिइएको निर्देशनको अतिरिक्त थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैंकहरुलाई अनुरोध गरेको पनि उल्लेख छ ।