होटल सोल्टीलाई ‘दि सोल्टी काठमाडौं’को नामबाट रि–ब्राण्डिङ गरिने

Advertisement

काठमाडौं । पाँच तारे होटल सोल्टीलाई ‘दि सोल्टी काठमाडौं’को नामबाट रि–ब्राण्डिङ गरिने भएको छ । २०७८ बैशाख ३१ मा इन्टरनेशनल होटल्स ग्रुप (आईएचजी)सँगको व्यवस्थापन सम्झौताअनुसार यस होटललाई रि–ब्राण्डिङ गर्न लागिएको हो । रि–ब्राण्डिङका लागि सबै तयारी पूरा भइसकेको होटलले जनाएको छ । 

आर्थित्य व्यवसायमा ५४ बर्ष लामो अनुभव संगालेको सोल्टी होटल लिमिटेडको व्यवस्थापन र सञ्चालन अब आफैबाट हुने भएको छ । यस कम्पनीको स्वामित्वमा ‘दि सोल्टी काठमाडौं’बाहेक एलएसजी स्काई शेफ काठमाडौं पनि रहेको छ । यो नेपालको एक मात्रै इन–फ्लाइट केयरिङ सेवा प्रदायक हो । 

Advertisement

कम्पनीले नेपालगञ्जमा ‘सोल्टी वेष्टेण्ड प्रिमियिर’ नामक पाँच तारे होटल पनि स्थापना भएको छ । विक्रम सम्वत २०२३ मा स्थापना भएको ताहाचलस्थित सोल्टी होटल विदेशी विशिष्ट पाउनाहरू बस्नका लागि रोपाईमा पर्दै आएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोमिटरको दूरीमा रहेको यो होटल १२ एकड क्षेत्रफलमा रहेको छ । होटलमा २८५ वटा पाहुना कोठा र विशिष्टस्तरका सुईटहरू रहेका छन् । 

Advertisement

Advertisement