प्रधानमन्त्री ओलीको सपथ ग्रहण, न ईश्वरको नाममा सपथ खाए, न सत्यनिष्ठाको प्रतिज्ञा गरे

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शितलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीलेओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार संसदको ठूलो दलको रुपमा बिहीबार राति प्रधानमन्त्री नियुक्त भएका ओलीले सपथ ग्रहणका क्रममा देश र जनताको नाममा सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्न इन्कार गरेका छन् । 

Advertisement

ईश्वरको नाममा सपथ खानसमेत इन्कार गरेका उनले देश र जनताको नाममा सत्यनिष्ठापूर्वक प्रतिक्षा गर्छु भनेर सपथ खुवाउन खोज्दा ओलीले पहिलो पटक पढन् इन्कार गरेका थिए । राष्ट्रपतिले दोस्रो पटक सोही कुरा दोहोर्याउँदा उनले त्यो पर्दैन भन्दै रोकेका थिए । त्यसरी रोक्न राष्ट्रपति भण्डारी खिस्स हाँसेकी थिइन् । 

ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गरेका छन् ।

Advertisement

Advertisement