सिटिजन्स बैंकले सुचना अधिकारी र प्रवक्तामा नयाँ नियुक्ती

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले सुचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको प्रवक्ता रहेकी उमंग शर्माले शुक्रबारबाट लागू हुने गरी बिहीबार राजीनामा दिएकी थिइन् । 

सुचना अधिकारीमा नियुक्त श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनी स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग आवद्ध छन् । उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

Advertisement

प्रवक्तामा नियुक्त अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । 

Advertisement

Advertisement