सबै पूरानै मन्त्रीहरूलाई निरन्तरता, माधव र महन्थको भाग खोई ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूरानै अनुहारहरू राखेर मन्त्रिमण्डल गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह र माधव नेपाल समूहलाई समेत भाग लगाएर मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि अन्तिम समयमा पूरानै मन्त्रीहरूलाई निरन्तरता दिइएको छ । 

महन्थ र माधवलाई समेत सहभागी गराउने प्रयास विफल भएपछि पुरानैलाई सहभागी गराएको एमाले स्रोतको भनाई छ । ओलीको पूरानो टिममा इश्वर पोखरेल उपप्रधानमन्त्री छन् भने गृहमन्त्रीमा रामबहादुर थापाबादल, अर्थमा विष्णु पौडेल, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, परराष्ट्रमा प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामा हृदयेश त्रिपाठी, उद्योगमा लेखराज भट्ट, शिक्षामा कृष्णगोपाल श्रेष्ठ, सहरी विकासमा प्रभु साह, पर्यटन  तथा नागरिक उड्डयनमा भानुभक्त ढकाल, खानेपानी तथा सरसफाईमा मणि थापा, कृषि विकासमा पद्मा अर्याल, भौतिक पूर्वाधार तथा यातायातमा वसन्त नेम्वाङ, श्रम तथा सामाजिक सुरक्षामा गौरीशंकर चौधरी, सूचना तथा सञ्चारमा पार्वत गुरुङ, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङफे, कानुनमा लिलानाथ श्रेष्ठ, सामान्य प्रशासनमा गणेशसिंह ठगुन्ना, वनमा प्रेमबहादुर आले, महिला बालबालिकामा जुलीकुमारी महतो, युवा तथा खेलकुदमा दावा लामा तामाङ छन् भने स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत, सहरी विकास राज्यमन्त्रीमा रामबिर मानन्धर र उद्योग राज्यमन्त्रीमा विमला विक छन् । उनीहरू सबैले आज सपथ ग्रहण गरेका छन् । 

Advertisement

Advertisement

Advertisement