साओमीको रेडमी १० नोट प्रो नेपाली बजारमा, मूल्य ३३ हजार ९९९ रुपियाँ

Advertisement

काठमाडौँ । साओमीले नेपालमा रेडमी नोट १० प्रो मोवाइल सेट भित्र्याएको छ । उक्त मोवाइल सेटमा १०८ एमपी क्यामेरासहित विभिन्न विषेशता रहेका छन् ।कम्पनीले टेक इनोभेसनको क्षेत्रमा उक्त सेटले नयाँ आयाम ल्याएको  दाबी गरेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले रेडमी नोट शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताएका छन् । उनी भन्छन्, प्रविधिको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएका छौ । बेस्ट स्पेक्स, उच्च गुणस्तर, सुपथ मूल्य साथ ब्रान्डको साथ यो सेट ल्याइएको छ ।’ 

Advertisement

रेडमी नोट १० प्रो मा १०८ एमपी क्वाड क्यामेरा रहेको छ । सोही सेटमा एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ । साथै, १०८ एमपी प्राइमरी क्यामेरा, आठ एमपी अल्ट्रा वाइड लेन्स, पाँच एमपी सुपर म्याक्रो र दुई एमपी डेप्थ सेन्सर उपलब्ध छन् । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल समेत बनाइएको छ ।

मोवाइलमा सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा रहेको छ । सुपर म्याक्रो लेन्स, म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलिफोटो लेन्स हो । फोनमा भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडका सुविधा उपलब्ध छन् । साथै, फास्ट चार्जरको पनि सुविधा रहेको यस सेटमा उपकरणलाई ३० मिनेटमा ० देखि ५९ प्रतिशतको ईन्धन दिने क्षमता छ । यसमा ५ हजार २० एमएएच ब्याट्री क्षमता रहेको साओमी नेपालको विज्ञप्तिमा उल्लेख छ । 

रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । रेडमी नोट १० प्रो नेपाली बजारमा ३३ हजार ९९९ रुपियाँमा खरिद गर्न सकिनेछ । 

Advertisement

Advertisement