कोरोनाबाट २०३ जनाको मृत्यु, साढे आठ हजारभन्दा बढि संक्रमित

Advertisement

काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ भने आठ हजार ५२० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ हजार पुगेको छ । यस अवधिमा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गर्दा आठ हजार ५२० जनामा संक्रमण पुष्टि भएको हो । 

Advertisement

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख सात हजार ३३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको भनाई छ । 

पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

Advertisement

Advertisement