हेलि एभरेष्टका निर्देशकत्रयबाट सगरमाथा आरोहण

Advertisement

काठमाडौं । हेलि एभरेष्टका तीन जना निर्देशकलेले सगरमाथा आरोहण गरेका छन् । हेलिका बजार निर्देशक टासि लाक्पा शेर्पा, सञ्चालन निर्देशक तथा पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रवद्र्धन निर्देशक फूर्वाछिरिङ शेर्पाले ११ मेका दिन सगरमाथा आरोहण गरेका हुन । हेलिका निर्देशक त्रयले ८८४८.८६ मिटरको सफल आरोहण गरेका हुन् ।

हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा (फूर्वा)का अनुसार तीन जना निर्देशकहरूले एक साथ सगरमाथाको सफल आरोहण गरेको छन् । आरोहणमा सहभागी मध्यका टासि लाक्पाले विश्वभर रहेका आठ हजार भन्दा माथिका सबै हिमालहररू तीन जना दाजुभाईहरुले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । यो आरोहणपछि सोवित पहिलो पाइलट आरोही बनेका छन् । यस्तै फूर्वा छिरिङ युवा पर्यटन व्यवसायी हुन् ।

Advertisement

Advertisement

Advertisement