काठमाडौं । गएको २४ घण्टााम कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने आठ हजार १६७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
थप १८७ सहित कोरोनाबाट मुत्यु हुनेको कुल संख्या चार हजार ८५६ पुगेको छ । त्यस्तै, १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या चार लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म तीन लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित एक लाख नौ हजार ७४० जना रहेको, जसमध्ये होम आइसोलेसनमा एक लाख एक हजार ७७१ जना, सात हजार ९६९ जना संस्थागत आइसोलेसनमा, बिरामीमध्ये एक हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।