कोहलपुर मेडिकल कलेजमा कोरोना पीडितलाई केएल दुगडले रु. ३० मा खाना खुवाउँदै

Advertisement

काठमाडौं । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरूलाई केएल दुगड समूहले सहुलियत  भोजना गराउन थालेको छ । समूहले दुई महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराउने केएल दुगड समूहले जनाएको छ । 

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई समूहले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने छ । 

Advertisement

बाँके र यस आसपासबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका थिए । निषेधाज्ञ कोरोना महामारीका कारण बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराउनुका साथै किनेर खाने पानीसमेत नपाएपछि कोरोना पीडितहरूलाई खानाका साथै पानी खुवाउने काम सुरु गरिएको जनाइएको छ । 

सहुलियत खाना प्रतिछाक ३० रुपियाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्था गरिएको छ । केएल दुगड समूहका प्रबन्धक  प्रदीप छाजेडले क्रमित र कुरुवालाई निकै समस्या परेकोले स्थानीय समाजसेवीको आग्रहमा आफूहरूले चामल र दाल सहयोग गर्न लागेको बताए । 

Advertisement

Advertisement