आज (जेठ २)को राशिफल (व्यापार व्यवसाय सेयर बजारमा लगानी गर्नेहरूलाई लक्षित)

आज २०७८ साल ज्येष्ठ महिनाको २ गते आइतबार, वैशाख शुक्लपक्षको चतुर्थी तिथि । जगतगुरु शंकराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती ।

मेष 
परिवारप्रति समर्पित हुने स्वाभाव हुने छ । पेशा ब्यवसाय सकारात्मक हुने छ । आम्दानीमा पनि सन्तोषजनक अवस्था नै हुने छ । बोलीमा भने अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुका लागि केही फाइदा हुने छ । 

वृष 
दृढ खालको ब्यक्तित्व हुने भए पनि विचारमा भने छिन छिनमा परिवर्तन भइरहने भएकाले निर्णय क्षमतामा केही अन्योल देखा पर्ने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि क्षेत्रमा संलग्नहरुका लागि फाइदा मिल्ने छ । 

मिथुन 
उच्च मनोबल हुने छ । तर रिस धेरै उठ्न जाने भएकाले संयमताको खाँचो देखिन्छ । परिवारका सदस्यहरुले तपाईप्रति ध्यान दिने छन्, माया गर्ने छन् । भाग्यको साथ नरहेकाले झण्झट र असजिलो परिस्थितिसँग जुध्नु पर्ने छ । निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि समय प्रतिकुल रहेको छ । 

कर्कट
पेशागत जीवनमा समस्या आउने छ । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको सामना गर्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी देखा पर्ने छ । सन्तान सुख प्राप्त हुने छैन् । ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहेको छ । अरुको हकमा औसत समय क्रियाशिल छ । 

सिंह
भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई लाभ प्राप्त हुने छ । 

कन्या
समय सकारात्मक बन्न पुगेको छ । भाग्यले साथ दिएको छ । पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । देखा परेका समस्याहरु समाधान तर्फ जाने छन् । सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ । किराना पसल, आयात निर्यात, पानी, दुध, आइसक्रिम जस्ता ब्यवसायमा लागेकाहरुलाई केही फाइदा मिल्ने छ । 

तुला 
समय अलि अनुकुल नभएकाले संयमताको खाँचो देखिन्छ । परीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने केही राहत मिल्ने छ । 

वृश्चिक
नकारात्मक विचारले सताउने छ । झुम्म भएको जस्तो लाग्ने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झझगडा निम्तिने भएकाले संयमताको खाँचो छ । मनमा उदासिनता आउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको देखिन्छ । 

धनु 
बोलीमा कडापन आउने छ । तर परिवारका सदस्यहरुको सहयोग भने पाइने छ । छोटो–छोटो यात्रा गर्नु पर्ने परिस्थिति सक्रिय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु निम्तिने छ । भाग्यको साथ कम रहेको समय सक्रिय रहेकाले विचार गरेर मात्र अघि बढ्नु होला धेरै चुनौतिले भरिएका कामहरु थाल्ने समय छैन् । लेनदेनमा विवाद हुने समय छ । 

मकर 
दृढ ब्यक्तित्व हुने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा गुलो मद्धत पुग्ने छ । आम्दानी तथा लिइएका लक्ष्य प्राप्तिमा बिभिन्न ब्यवधानको सामना गर्नु पर्ने छ । सर सापट दिइएका रकममा बिबाद हुने भएकाले विचार गरेर मात्र यसमा अघि बढ्नु होला । किराना पसल, दैनिक उपभोग्य सामान, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल देखिन्छ । 

कुम्भ 
धर्म अध्यात्मतर्फ मन लाग्ने छ । भगवानप्रतिको विश्वास बढ्न जाने छ । भायको साथ रहेकाले सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सmित्रयहरुलाई समय अनुकुल छ । 

मीन
अन्योलता बढ्ने छ । भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रम गर्ने भन्दा केही अल्छि लाग्ने स्वाभाव बन्न जाने छ । ब्यक्तित्वमा क्षय हुने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले झिनो राहत दिने छ । पेशा ब्यवसायमा कठिनाईहरु आउने भएकाले सतर्कतासहित मात्र पाइला चाल्नु होला । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)