एनआरएनए मध्यपूर्वले ५६० अक्सिजन सिलिण्डर नेपाल पठायो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले ५६० थान अक्सिजन नेपाल पठाएको छ । नेपालमा अक्सिजनको अभावका कारण मानिसहरूको ज्यान जाने क्रम बढेको समाचार आइरहेको बेला एनआरएनए मध्यपूर्वले यी सिलिण्डरहरू नेपाल पठाएको हो । 

एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले आफ्नो मातृभूमिमा उत्पन्न विषम परिस्थिति सहयोग गर्नुपर्ने भन्ने मनोभावनाअनुसार यी सिलिण्डरहरू नेपाल पठाइएको बताउँदै सहयोग जारी रहने बताए । उनले यस कार्यमा सहयोग गर्ने सबै संघसंस्था, नेपाली दूतावासलाई धन्यवाद पनि दिए । 

Advertisement

यसरी आएको सिलिण्डर स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

Advertisement