नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेश खत्री नियुक्त

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिसम्बन्धी प्रस्तावलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ ।

चार वर्षकालागि सीईओ नियुक्त भएका खत्री यसअघि निमित्त सीईओको भूमिका थिए । यसअघि नेशनल लाइफको सीईओमा भरत बस्नेत थिए । सीईओ खत्रीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

Advertisement

नेशनल लाइफमा उनी दुई दशकभन्दा लामो समयदेखि कार्यरत छन् । खत्रीले कानुन विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । 

आर्मी बन्ने सोच भए पनि रोजगारी खोज्ने सिलसिलामा उनी नेशनल लाइफ इन्स्योरेन्समा जोडिन पुगेका थिए । विस २०५१ सालदेखि उनी निरन्तर नेशनल लाइफमा आवद्ध छन् ।

Advertisement

Advertisement