सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालक पदमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकिङ क्षेत्रमा लामु अनुभव हासिल गरेका ज्ञवालीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले जनाएका छन् । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त भएको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त भएका हुन् । 

Advertisement

फिलिपिन्सबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनीसँग नेपाल पूर्वाधार विकास बैंक र अन्य २ ठूला वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कार्यसम्पादन गरेको अनुभव छ ।  

असार १ गतेदेखि लागु हुने गरी ज्ञवाली स्वतन्त्र सञ्चालक नियुक्त भएको कम्पनी सचिव श्रेष्ठले बताए । 
 

Advertisement

Advertisement