अटोमोवाइल क्षेत्रका लागि मात्रै होइन, समग्र क्षेत्रको लागि यो ऐतिहासिक बजेट होः दुलाल

Advertisement

काठमाडौं । नेपालको अटोमोवाइल क्षेत्रको संगठन नाडा एशोसियशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । 

उनले यस किसिमको राम्रो बजेट यसअघि आफूले सुन्न नपाएको बताउँदै भने, ‘वास्तवमै आजको बजेट निकै राम्रो छ । बजेटले अटोवाइल क्षेत्रलाई मात्रै होइन, समग्र क्षेत्रलाई सम्बोधन गरेको छ । राहत दिएको छ । मुल कुरा यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो चासो हो ।’

Advertisement

विद्युतीय गाडिमा सत प्रतिशत भन्सार तथा अन्तःशुल्क छुट दिने कुरा, कोभिडका लागि गरिएका सहयोगहरू खर्च लेख्न पाइने, डिजल र ग्यासमा पाइने भ्याट छुट विवरणमा हाल्न पाइने, संस्थागत आयकरमा ३० लाख रुपियाँसम्म ९० प्रतिशत छुट, एक करोड रुपियाँसम्म ५० प्रतिशत छुट, विशेष आर्थिक क्षेत्रमा खुलेका उद्योगलाई पाँच बर्षसम्म कर नलाग्ने, स्र्टाटअप विजनेशलाई पाँच बर्षसम्म कर छुट, भ्याटको रजिष्टर प्रमाणिकरण गर्नुपर्ने झन्झट पनि हट्नु, विवरण बुझाएपछि स्वतः कर चुक्ता पाउने जस्ता कुराहरूले नेपालको आर्थिक तथा व्यवसायिक क्षेत्रलाई अघि बढ्न निकै राहत र हौसला मिल्ने दुलालको भनाई छ । 

उनले बजेटले व्यवसायिक स्वतन्त्रता दिएको बताउँदै यसले व्यवसायीलाई जिम्मेवार र पारदर्शी भएर अघि बढ्न पनि प्रेरणा दिने बताए । दुलालले नाडाका धेरै कुरा सम्बोधन भएको भन्दै अटोमोवाइल क्षेत्रका लागि मात्रै नभएर दुःखी हुनुपर्ने अवस्था नरहेको बताए । 

Advertisement

Advertisement