नारायणी  डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा मात्रै हकप्रद जारी गर्न राष्ट्र बैंकबाट स्वीकृति

Advertisement

काठमाडौँ । नारायणी  डेभलपमेन्ट बैंकलाई हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । 

बैंकका २०७७ माघ १६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट १ः२ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय भई स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरिएकोमा १ः१ अनुपातमा मात्रै हकप्रद शेयर जारी गर्न विहीबार स्वीकृति पाएको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपियाँ रहेको छ । 

Advertisement

Advertisement