डिशहोम फाइबरनेट छ महिनाभित्र मुलुकका सबै प्रमुख शहरहरूमा, के के छन् छुट सुविधा ?

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेट छ महिनाभित्र मुलुकका सबै प्रमुख शहरहरूमा पुग्ने भएको छ । काठमाडौं उपत्यकामा ९० प्रतिशत ठाउँमा सेवा विस्तार गरिसकेको डिशहोमले छ महिनाभित्र मुलुकका सबै प्रमुख शहरमा आफ्नो पहुँच विस्तार गर्न लागेको हो । 

आकर्षक छुट सुविधासहित सेवा विस्तार गरिरहेको डिशहोमले एक लाख ७५ हजार घरमा इन्टरनेट सेवा दिनसक्ने आफ्नो क्षमता विकास गरिसकेको सन्दर्भमा सेवा विस्तारमा पनि आक्रामक भएको हो । अहिले काठमाडौं बाहिर हेटौडा बजार, इनरुवा, इटहरीमा डिशहोमको फाइबरनेट पुगिसकेको छ भने धरान र विराटनगरमा दुई हप्ताभित्रमा डिशहोम फाइबरनेट सुरु गर्न लागिएको छ । पोखरामा पनि नेटवर्क तयारी अवस्थामा रहेको र निषेधाज्ञाले मात्रै कही ढिलो भएको कम्पनीका महाप्रवन्धक रमेश सोपकोटाले जानकारी दिए । 

Advertisement

उनले भने, ‘धेरै ठाउँमा नेटवर्क तयारी अवस्थामा छ । निषेधाज्ञाले गर्दा रिलिज गर्न नपाएको मात्रै हो । हाम्रो योजना भनेको अबको छ महिना अर्थात डिसेम्बरसम्ममा मेजर सिटीहरू सबै ठाउँमा पुग्छौं । 

गत बर्ष मात्रै सेवा सुरु गरेको डिशहोम फाइबरनेटको अहिले ४२ वटा पीओडी पुगिसकेको छ । यो भनेको एक लाख ७५ हजार ग्राहकलाई इन्टरनेट सुविधा दिनसक्ने क्षमता भइसकेको सापकोटाले बताए । 

छुट सुविधा

डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक डिशहोमले आफ्ना टिभीका सक्रिय ग्राहकलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै, डिशहोमका एचडी टेलिभिजनको प्याकेज खरीद गर्ने ग्राहकले मासिक थप २३३ रुपियाँ तिरे २५ एमबीपीएसको इन्टरनेट सेवा पनि प्राप्त हुन्छ । तर डिशहोमका धेरै ग्राहकलाई यी सुविधाहरूबारे जानकारी नहुँदा अवसरबाट बन्चित हुनु परेको महाप्रवन्धक सापकोटाले बताए । 

उनले भने, ‘हामी सक्दो छुट सुविधा दिएर गुणस्तरीय इन्टरनेट सेवा पनि विस्तार गरिरहेका छौं । धेरै ग्राहकलाई हामीले दिइरहेका छुट सुविधाबारे जानकारी नभएकाले पनि उहाँहरू सर्वसुलभरुपमा सेवा पाउने अवसरबाट बन्चित हुनु परेको छ । हामी ग्राहकहरूलाई सुसुचित पनि गर्दैछौं ।’

कम्पनीका अनुसार नियमितरुपमा डिशहोमको सेवा लिइरहेका सबै ग्राहकले १० एमबीपीएसको इन्टरनेट सित्तैमा पाउँछन्  । तर सुरुमा जडान र राउटरको चार्ज भने तिर्नुपर्ने हुन्छ । त्यसपछि रिचार्ज गरेअनुसार नियमितरुपमा यो सेवा निःशुल्क प्राप्त भइरहन्छ । यो सुविधाबारे जानकारी पाउन थालेपछि धेरै ग्राहकले अहिले डिशहोम फाइबरनेट भकाभक जडान गर्न थालेको सापकोटाले जानकारी दिए । 

त्यस्तै, डिशहोमको फुल प्याकेज किन्नेले मासिक छ सय रुपियाँ तिर्नुपर्ने हुन्छ । उनीहरूले थप जम्मा २३३ रुपियाँ तिरेमा २५ एमबीपीएसको अनलिमिटेड इन्टरनेट सुविधा पनि पाउन सकिन्छ । अहिले कम्पनीले आफ्ना फुल प्याकेजका ग्राहकलाई रु. २३३ थपेर डिशहोम फाइबरनेट सुविधा पनि लिन आग्रह गर्न थालेको छ । यसले डिशहोमका ग्राहकहरूलाई चर्को शुल्क तिरेर अर्को इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गरिदिएको छ । 

अहिले डिशहोमले १०० एमबीपीएससम्मको इन्टरनेट सेवा दिँदै आएको छ । चाँडै नै १५० र २०० एमबीपीएसको प्याकेज पनि सुरु गर्ने महाप्रवन्धक सापकोटाले बताए ।

Advertisement

Advertisement