अवकाशप्राप्त दुई लाख ७६ हजार सरकारी कर्मचारीको मासिक पेन्सन अब सोझै बैंक खातामा

Advertisement

काठमाडैं । सेवा निवृत्त (अवकाश प्राप्त) सरकारी कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै बैंक खातामा आउने भएको छ । यस्तो रकम विद्युतीय कोष हस्तान्तरण (ईपीटी)मार्फत सोझै सम्वन्धित व्यक्तिको खातामा जम्मा हुने महालेखा नियन्त्रक मधुकुमार मरासिनीले जानकारी दिएका छन् । 

यस प्रणालीबाट दुई लाख ७६ हजार अवकाशप्राप्त कर्मचारी लाभान्वित हुने उनले बताएका छन् । साथै, मरासिनीले यस सुरुवातले डिजिटल गर्भन्यान्समा पनि सहयोग पुग्ने विश्वास लिएका छन् । 

Advertisement


 

Advertisement

Advertisement