महामारी अवधिभर हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढि नाफा नलिइने, वायुसेवा कम्पनीलाई राहत

Advertisement

काठमाडौं । सरकारले अब कोरोना महामारी अवधिभर अन्तर्राष्ट्रिय हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढी नाफा नलिने भएको छ । निगमको यो नीतिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई राहत मिलेको छ । 

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ प्रतिशतले मूल्य घटाएको छ । निगमको २३ जेठ (आइतबार) बसेको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १७८ अमेरिकी डलरले घटाएको हो ।

Advertisement

निगमले २३ गते राती १२ बजेदेखि नै लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको जानकारी दिएको छ । निमगले हाल लिदैँ आएको ८९३ प्रति किलो लिटरमा १७८ अमेरिकी डलरले घटाएर आजबाट ७१५ प्रति किलोलिटर अमेरिकी डलर कायम गरिएको पनि निगमका प्रवक्ता ई. विनितमणि उपाध्यायले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निगमले कोभिड महामारीको अवधिभर हवाई इन्धनमा १५ प्रतिशत भन्दा बढी नाफा नलिने गरी मूल्य निर्धारण गर्ने नीति पनि पारित गरेको छ । हाल निगमल अन्तर्राष्ट्रि तर्फको हवाई इन्धनबाट ४० प्रतिशत नाफा लिदैँ आएको छ । यस्तो नाफा यस अघि ७० प्रतिशतसम्म लिने गरेको थियो । निगले अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढी नाफा लिएर एलपी ग्यासको नाक्सानीलाई परिपूर्ति गर्ने गरेको उल्लेख गरेको छ ।

निगमले हवाई इन्धनबाट कोरोना महामारीको एक वर्षमा अन्तर्राष्ट्रिय हवाई इन्धनबाटै पाक्षिक रूपमा एक अर्ब ५० करोड रुपियाँ नाफा हुने गरेको थियो । एलपी ग्यासमा पाक्षिक रूपमै ५० करोड घाटा भएकाले हवाई इन्धनको नाफाबाट ग्यासको नोक्सानी परिपूर्तिमा खासै ठूूलो योगदान नरहेको व्यवहोरा उल्लेख गर्दै निगमले हवाई इन्धानको मूल्य घटाउने निर्णय गरेको छ । यस अघि पर्यटन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको सुझाव अनुसार नै हवाई इन्धको मूल्य घटाएको निगमको भनाइ छ । 
 

Advertisement

Advertisement