शेयर बजार घट्दा पनि १६ अर्बको कारोबार, एचआईडीसीएलको मात्रै साढे ९९ करोड

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) अनुसार बजार १.८० अंकले घटेर बन्द भएको हो । ०.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २९४४.७८ अंकमा ओर्लिएको छ । 

नेप्सेका अनुसार आज २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार घटेको दिन पनि विकास बैंक १२०.६, जलविद्युत ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, म्युचुअल फण्ड ०.१२ र लगानी समूह १.१२ प्रतिशतले बढेको छ । बाँकी समूह भने राताम्मे भए । 

आज पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने अरु १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । 

नेप्सेका अनुसार आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को उच्च कारोबार भएको छ । एचआईडीसीएलको ९९ करोड ६५ लाख ६० हजार ७ सय ३६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ५०.१३ अंकले बढेको बजार दोस्रो दिन ०.२१ अंकले घटेको थियो भने तेश्रो दिन पुनः ५३.४४ अंकले बढेर नेप्से हालसम्मकै उच्च २९६०.१४ अंकमा पुगेको थियो भने हिजो चौथो दिन बुधबार बजार १३.५६ अंकले घटेको थियो । 
  
 

Advertisement

Advertisement