प्रसाईंको बिएण्डसीले मेडिकल कलेजको सम्वन्धन पाउन लागेपछि डा. केसी समर्थक सडकमा

Advertisement

काठमाडौं । बिर्तामोडस्थित बिएण्डसी अस्पतालले मेडिकल कलेजको सम्वन्धन पाउन लागेपछि बिहीबार डा. गोविन्द केसीका समर्थकहरू सडकमा उत्रिएका छन् । काठमाडौं विश्वविद्यालयमार्फत उक्त कलेजलाई सम्वन्धन दिन लागिएको छ । 

दुर्गा प्रसाईंको उक्त अस्पताललाई सम्वन्धन दिन प्रधानमन्त्री केपी ओलीले नै निर्देशन दिएको भन्दै डा. केसी समर्थकहरूले कालो प्लेकार्डमा विभिन्न नारासहित प्रदर्शन गरेका थिए । ‘सोलिडारिटी फर डा. केसी’ले गरेको प्रदर्शनमा ‘संविधानमाथि केपी ओली, कानूनमाथि दुर्गा प्रसाई’, ‘ओलीको मिसन, सिटामोलमा कमिसन’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

Advertisement

कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेला प्रदर्शन गरिएकाले उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अहिले विदेशमा रहेका डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए नेपाल फर्किएपछि सत्याग्रह गर्ने चेतावनी दिएका छन्। 

बिएण्डसीले बर्षौंदेखि सम्वन्धनको प्रतिक्षा गर्दै आए पनि डा. केसीको विरोधका कारण रोकिएको छ । 

Advertisement

Advertisement