छिमेक लघुवित्तले महानगरीय ट्राफिकलाई हस्तान्तरण गर्यो स्वास्थ्य सामग्री

Advertisement

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको संस्थाका नायब महाप्रबन्धक दीपकनिधि तिवारीले जानकारी दिए ।

Advertisement

सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए । महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई तिवारीले उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ । 

Advertisement

Advertisement