एक चिनियाँ जहाजको दर्ता खारेज, पाँच वटा भाडामा लगाउने तयारी

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले एक चिनियाँ जहाजको दर्ता खारेज गर्ने निर्णय गरेको छ । वायुसेवा निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपालगन्जमा दुर्घटनामा परेको एक वाई १२ ई जहाज काम नलाग्ने भएपछि यसको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

यो चिनियाँ जहाज २०७६ चैत १५ मा नेपालगन्ज विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।अल्फा एकेभी वाई टु कलसाईनको १८ सिट क्षमताको उक्त चिनियाँ जहाज वाई १२ काम नलाग्ने भएको थियो । उक्त जहाज कोरोना बिरामीहरुको स्वाब परीक्षणको नमूना लिन गएको थियो । 

Advertisement

निगमका महाप्रवन्धक डिमप्रकास पौडेलका अनुसार जहाज दुर्घटना भएर काम नलाग्ने अवस्थामा पुगेपछि त्यसपछि थक्किएर बसेको छ । उक्त जहाजको लागि गरिएको बीमा पनि आइसकेकाले दर्ता खारेज गर्ने निर्णय भएको छ । पौडेलका अनुसार उक्त जहाजको लागि बीमाबाट करिब ३४ हजार अमेरिकी डलर आइसकेको छ । यो जहाजको दर्ता खारेज गर्ने निर्णय गरेकाले यो जानकारी अब निगमले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पठाउने छ । प्राधिकरणले जहाजको दर्ता खारेज गर्ने छ । 

थप ५ जहाज भाडामा लगाउने अन्तिम तयारी
महाप्रवन्धक पौडेलका अनुसार बाँकी ५ वटा जहाज भने भाडामा लगाउन प्रस्ताव आव्हान गर्ने अन्तिम तयारी भएको छ । अध्ययन समितिले जहाजको  भाडामा लगाउने मूल्य तय गरिसकेको छ । अब सिलबन्दी प्रस्ताव आव्हानका लागि एकदुई दिनमै सूचना जारी हुने भएको छ ।

निगमका अनुसार दुईवटा एमए ६० र तीनवटा वाई १२ नामक जहाज भाडामा लगाउने गरी प्रस्ताव आव्हान गर्न लागिएको छ । जहाज भाडामा नगए निगनले अर्को विकल्प खोज्ने छ । सरकारले यसअघि नै निगमलाई जहाज भाडामा लगाउन र भाडामा नगए मात्रै बिक्री गर्ने बाटो खोलिदिएको निगमले जानकारी दिएको छ । 

कोरोनमा महामारीका कारण निगमले भाडामा लगाउने जहाजको आवश्यक प्रक्रिया पूरा गर्न भने केही ढिलो गरेको थियो । अब सबै तयारी पूरा भएको र अध्ययन समितिबाट रिपोर्ट आइसकेकाले औपचारिकरुपमै प्रस्ताव आव्हान गर्ने चरणमा पुगेको पनि पौडेलले बताए ।

Advertisement

Advertisement