वाणिज्य बैंकहरूको मासिक कमाई पाँच अर्ब, वैशाखसम्मको  नाफा पौने ५६ अर्ब

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा औसतमा मासिक पाँच अर्ब रुपियाँभन्दा बढि हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांक अनुसार नेपालमा अस्थित्वमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको बार्षिक औसत कमाई मासिक पाँच अर्ब हुने गरेको पनि तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा वाणिज्य बैंकको नाफा ५५ अर्ब ७३ करोड ५० लाख रुपियाँ रहेको छ । यस्तो नाफा अघिल्लो महिना चैतको तुलनामा करिब पाँच अर्ब रुपियाँले बढेको देखिएको छ । गत चैतमा वाणिज्य बैंकको नाफा ५० अर्ब ७४ करोड २५ लाख रुपियाँ थियो । यस्तो नाफा वैशाखमा चार अर्ब ९९ करोड ३० लाखले बढाउन सफल भएको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

तथ्यांकअनुसार वाणिज्य बैंकहरूले चालू आवको पहिलो १० महिनामा ५५ अर्ब ७३ करोड रुपियाँ नाफा कमाएका थिए । यस्तो नाफा अघिल्लो वर्षको वैशाखमा ४९ अर्ब ६६ करोड १० लाख रुपियाँ रहेको पनि उल्लेख छ । यस्तो तथ्यांक अनुसार वैशाखसम्ममा वाणिज्य बैंकहरूको मात्रै नाफा पौने ५६ अर्ब रुपियाँ रहेको छ ।

यस्तो नाफा समग्र वाणिज्य बैंकको एक वर्षमा ६ अर्ब ७ करोड ४० लाख रुपियाँ रहेको छ । यस्तो नाफा वार्षिक औषतमा पाँच अर्ब हुने गरेको तथ्यांकमा उल्लेख छ । वाणिज्य बैंकहरूको एक वर्षमा भएको यस्तो नाफा १२ प्रतिशतले बढी हो । 

समग्रमा बैंक तथा वित्तीय संस्थाको नाफा भने वैशाखसम्मको एक वर्षमा ७ अर्ब २३ करोड ८० लाख रुपियाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाले गरेको नाफा अघिल्लो वर्षको सोही अवधिका तुलनामा १३ प्रतिशतले बढी भएको राष्ट्र बैंकको उक्त तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले वैशाखसम्ममा गरेको नाफा ६२ अर्ब ३९ करोड ६० लाख रुपियाँ रहेको छ । यस्तो नाफा अघिल्लो वर्ष वैशाखमा ५५ अर्ब १५ करोड ८० लाख रुपियाँ थियो । 

विकास बैंकको नाफा घट्यो 
विकास बैंकहरूको नाफा भने विगत एक वर्षको तुलनामा घटेको देखिएको छ । गत वर्ष २०७७ वैशाखमा विकास बैंकहरूले गरेको नाफा नाफा ४ अर्ब ९३ करोड ५० लाख रहेको छ । यस्तो नाफा यो वर्ष २०७८ को वैशाखसम्मको अवधिसम्ममा ४ अर्ब ७३ करोड ४० लाख गत रहेको पनि तथ्यांकले देखाएको छ ।

फाइनान्स कम्पनीको बढ्यो
चालू आवको वैशाखसम्ममा फाइनान्स कम्पनीको नाफा बढेको छ । चालू आवको वैशाखसम्ममा फाइनान्स कम्पनीले १ अर्ब ९२ करोड ७० लाख रुपियाँ कमाएका छन् । फाइनान्स कम्पनीको यस्तो नाफा गत वर्षको वैशाखमा ५६ करोड ३० लाख रुपियाँ मात्रै थियो । हाल राष्ट्र बैंकबाट अनुमति लिएर अस्थित्वमा रहेका यस्तो फाइनान्स कम्पनी २२ वटा रहेका छन् ।

र यो पनि,  वाणिज्य बैंकले ५० अर्ब कमाउँदा वितरणयोग्य नाफा मात्रै ३५ अर्ब, सबैभन्दा अगाडि नबिल बैंक

Advertisement

Advertisement