हुण्डाई नेपालले विद्युतीय सवारीको पूर्वाधार विकास र सेवा बिस्तारमा काम गर्ने

Advertisement

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी) बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरुका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ । 

हुण्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ । यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई  निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ । तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।

Advertisement

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 

हुण्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकल क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा केओएन र आईओएनआईक्यू नामक दुई मोडलहरू छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुण्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरणबारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आव २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुण्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ ।

यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ ।  हाल हुण्डाई केओएनए (१०० किलो वाट ब्याट्रीको मूल्य रु. ५६.९६ लाख, केओएनए (१५० किलोवाट ब्याट्रीको मूल्य रु ७१.९६ लाख र आईओएनआईक्यू (१०० किलोवाट ब्याट्री) को मूल्य रु ५७.९६ लाख रहेको छ ।

हालसम्म स्थापना भएका २१ वटा चार्जिङ पोइन्टसहरूः 

LI Auto Services- Kupondole

LI Quicks- Tinkune

Labim Mall- Pulchowk

New Shiva Service- Sinamangal

Hyundai Sales- Naxal

Hyundai Sales-Thapathali

Barahi Service Center-Pokhara

Bindhya Service Center-Pokhara

Pokhara Grand Hotel-Pokhara

Water Front Resort-Pokhara

Hotel Barahi-Pokhara

Jagat motors- Bhaiharawa

Siddhi Vinayak Service- Butwal

New Rider Service- Dang

HIM intercontinental- Nepalgunj

Dinesh 4 Wheels- Dhangadhi

Orchids Moto Corp- Birgunj

Royal Auto World-Biratnagar

Pathivara Auto Link- Itharai

Pinnacle Service Center- Bharatpur

Alliance Motors- Birtamode

 

Advertisement

Advertisement