अझै सबै स्थानीय तहमा बाणिज्य बैंकहरूको पहुँच पुग्न सकेन्

Advertisement

काठमाडौं । बाणिज्य बैंकहरूले तीव्ररुपमा आफ्नो शाखा विस्तार गरिरहेको बताए पनि अझै सबै स्थानीय तहमा बाणिज्य बैंकिङ सेवा पुग्न सकेको छैन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो १० महिनाको आर्थिक अवस्थामा तीन वटा स्थानीय तहमा अझै बाणिज्य बैंक पुग्न नसकेको देखिन्छ । 

विवरणअनुसार धादिङको रुवीभ्याली गाँउपालिका, जाजरकोटको जुनीचाँद गाउँपालिका र बझाङको साइपाल गाँउपालिकामा  अहिले पनि बाणिज्य बैंकको शाखा छैन् । कुल ७५३ स्थानीय तहमध्ये गएको बैशाखसम्म ७५० तहमा वाणिज्य बैंकहरूको शाखा विस्तार भएको छ ।

Advertisement

वैशाख मसान्तसम्म २७ बाणिज्य बैंकको चार हजार ६९३ शाखा सञ्चालनमा छन् । अघिल्लो बर्ष बैशाखसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या गएको बैशाखसम्म १३८ रहेको छ । 

यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार ७६५ रहेकोमा २०७८ बैशाख मसान्तमा १० हजार ५९८ पुगेको छ । 

Advertisement

Advertisement