निषेधाज्ञाले रोकिएन बैंकको कारोबार, निषेधाज्ञामै ५९ अर्ब निक्षेप ४८ अर्बको कर्जा प्रवाह

Advertisement

काठमाडौं । काठमाडौं । निषेधाज्ञाले पनि वाणिज्य बैंकको कारोबार भने उल्लेख भएको देखिएको छ । निषेधाज्ञा वाणिज्य बैंकहरुले सिमित शाखा खोलेका र जेठपछि भने काठमाडौंमा केन्द्रीय कार्यालयबाहेक तीन वटा मात्रै शाखा खोलेर सेवा दिएको भएपनि बैंकिङ कारोबार भने सकारात्मक नै देखिएको छ ।

निषेधाज्ञा सुरु पछिपछि अर्थात १७ वैशाखपछि नेपालमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले ५९ अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेका छन् । तथ्यांकले निषेधाज्ञा भित्रै पनि २७ वाणिज्य बैंकको व्यवसाय उत्साहजनक देखिएको छ । पछिल्लो तथ्यांक अनुसार बैंकहरू कर्जा लगानीमा भन्दा निक्षेप संकलनको तथ्यांक भने बढी देखिएको छ । निषेधाज्ञापछि बैंकहरुको कर्जाको तुलनामा निक्षेप संकलन ११ अर्ब बढी देखिएको छ ।

Advertisement

२८ जेठसम्ममा २७ वाणिज्य बैंकहरुले ३९ खर्ब ८२ अर्ब रुपियाँ निक्षेप संकलन गरेको तथ्यांक छ । बैंकहरुको निक्षेप संकलन पछिल्लो एक सातामा १३ अर्ब रुपियाँले बढेको पनि देखिएको छ । गत साता (२१ जेठ) सम्ममा बैंकहरुले ३९ खर्ब ६९ अर्ब रुपियाँ निक्षेप संकलन गरेको थिए ।

कोरोनाको दोस्रो लहरसँगै महामारी नियन्त्रण गर्न सरकारले देशव्यापी निषेधज्ञा जारी गरिरहेको छ । यसकारण व्यापार व्यवसाय प्रायःठप्प छ । यसको फलस्वरुप बैंकमा निक्षेप संकलन बढेको देखिन्छ । यता निषेधाज्ञा भित्रै पनि बैंकको कर्जा लगानी गत हप्ताको भन्दा बढेको नेपाल बैंकर संघले जानकारी दिएको छ ।

वाणिज्य बैंकहरुले जेठको २८ गतेसम्म आउदा ३६ खर्ब ४२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । बैंकहरुको यस्तो लगानी गत हप्ताको भन्दा आठ अर्बले धेरै हो । गत हप्ता बैंकले ३६ खर्ब ३४ अर्ब रुपियाँ कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

निषेधाज्ञा कडा हुँदा ३१ अर्ब कर्जा प्रवाह
नेपाल बैंकर्स संघले जारी गरेको २८ जेठ २०७८ सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले जेठमा मात्रै २७ अर्ब निक्षेप गरेर ३१ अर्ब कर्जा प्रवाह गरेका छन् । उपत्यकामा १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा अहिले देशैभर छ । निषेधाज्ञा वैशाख महिनाको १५ दिनको तुलनामा जेठ लागेपछि झन कडा भएको थियो । वाणिज्य बैंकहरूलाई उपत्यकामा तीन वटा जिल्लामा ६ वटा भन्दा बढी शाखा खोल्न नदिएको भएपनि वाणिज्य बैंकरूबाट प्रवाह हुने कर्जा भने बढेको देखिन्छ ।

वैशाख १६ पछिको दुई साताको तुलनामा जेठ पहिलो सातादेखि निषेधाज्ञा थप कडा हुँदै गएको थियो । यो वेला वाणिज्य बैंकहरूकै छाता संस्था नेपाल बैंकर्स संघले नै कर्जा प्रवाहलाई निषेधाज्ञाको समयमा प्राथमिकता सूचीमा राखेका थिएनन् ।

संघले ३० वैशाखमा निषेधाज्ञा अवधिभर नगद झिक्ने, जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सेवामात्र सुचारु गर्ने भनेका थिए । यो सेवामा कर्जा प्रवाहलाई अत्यावश्यक भित्र नराखिएको भएपनि यही समयमा कर्जा प्रवाह भने बढेको देखिएको छ ।

नेपाल बैंक संघकाका अध्यक्ष भुवन दाहाल निषेधाज्ञा अगाडि नै स्वीकृत भएको कर्जा प्रवाह भएको, आयात कर्जा प्रवाह भएको र केही मात्रामा शेयर कर्जासमेत प्रवाह भएकोले निक्षेपको तुलनामा कर्जा उल्ल्ेख्य देखिएको बताउँछन् ।

दाहाल भन्छन्, ‘निषेधाज्ञा अवधिमा पनि आयात रोकिएको छैन् । वाणिज्य बैंकहरूले यस अघि नै खोलेको प्रतीत पत्र (एलसी)को आधारमा कर्जा प्रवाह भइरहेकोले पनि कर्जा प्रवाह भइरहेको देखिएको हो ।’ निषेधाज्ञामा पनि मासिक अर्बौको वस्तु आयात भइरहेकोले यसका लागि गएको कर्जाका कारण वाणिज्य बैंकबाट कर्जा प्रवाह देखिएको तथ्यांकले देखाएको छ ।

Advertisement

Advertisement