ग्लोबल आईएमईको नाम जोडेर चिट्ठाको नाममा भइरहेको ठगीप्रति सचेत हुन आग्रह

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो नामसँग जोडेर चिट्ठाबारे भ्रामक सुचना प्रवाह गर्ने काम भएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको छ । 

बैंकले सुचना निकालेर विगत केही दिनदेखि नेपाल, भारत, पाकिस्तानको मोवाइल नम्बरबाट विभिन्न व्यक्तिलाई ‘तपाईंको नाममा चिट्ठा परेको छ । सो चिट्ठाको रकम प्राप्त गर्नको लागि बुझाउनुपर्ने कर बराबरको रकम तत्काल ग्लोबल आईएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्दिनु वा जम्मा गरेको भौचर पठाउनु’ भन्ने गरेको खुलासा गरेको छ । 

Advertisement

बैंकले सर्वसाधारणलाई यस्तो प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई त्यो रकम खाताबाट निकाली सम्पर्कविहीन हुने गरेको पाइएको भन्दै यस्तो ठगीसम्वन्धी भ्रामक सुचनामा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ ।  

Advertisement

Advertisement