मेलम्चीको पानीका लागि काठमाडौंवासीले फेरि कम्तिमा दुई महिना कुर्नुपर्ने

Advertisement

काठमाडौं । काठमाडौंवासीले मेलम्चीको पानी खान फेरि दुई महिना कुनुपर्ने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पूरा गर्न भन्दै मंगलबार विहान ११ बजेदेखि सुरुङमा पानी पठाउन बन्द गरिएको छ । 
 
सोही कार्यका लागि दुई महिना मेलम्चीको पानी वितरण बन्द हुने भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुचना निकालेको छ । मेलम्चीको पानी आएपछि केही राहत महशुस गरेका काठमाडौंवासीले फेरि कम्तिमा दुई महिना समस्या झेल्नुपर्ने देखिएको छ । 

कम्पनीको सुचनामा कुनै क्षेत्रमा दुई दिन बिराएर, कुनै क्षेत्रमा १२ दिन विराएर खानेपानी वितरण हुने विभेदकारी व्यवस्था गरिएको छ । यद्यपि बर्खा सुरु भएकाले खानेपानीका वैकल्पिक स्रोतहरूबाट पानी संकलन बढ्ने भएकाले निकै ठूलो समस्या भने नहुने देखिन्छ । 

Advertisement

यसअघि प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्न हतार गरेपछि प्रोटोकल पूरा नगरी पानी वितरण गरिएको यस आयोजनाले बर्खाको समय पारेर प्रोटोकल पूरा गर्न लागेको हो । परीक्षणका क्रममा सुरुङमा कुनै समस्या देखिए पानी वितरण गर्ने समय लम्बिनसक्ने आयोजनाका अधिकारीहरूले बताएका छन् । 

उपत्यकावासीले २५ बर्ष प्रतिक्षा गरेर आएको मेलम्ची आयोजना सम्पन्न गर्न एसियाली विकास बैंकबाट ठूलो रकम ऋण लिएको छ । यस आयोजनाबाट थप १७ करोड लिटर पानी काठमाडौंमा आउँछ । यसमा याङग्री र लार्केको पानी पनि थप गरेर ५१ करोड लिटर पानी ल्याउने योजना बनाइएको छ । 

Advertisement

Advertisement