लक्ष्मी बैंकले युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकलाई १ वर्ष निःशुल्क इन्टरनेट सेवा दिने

Advertisement

काठमाडौँ । युरो कप २०२१ को सुरुवातसंगैै फुटबलका फ्यानहरुमा उमङ्ग र उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘प्रेडिक्ट एण्ड वीन’ क्याम्पेन ल्याएको छ । 

यो क्याम्पेन युरो कप २०२१ शुरु भएको दिन जुन ११ देखी अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबिपिएसको १ वर्ष अवधिको ईन्टरनेट सब्सक्रिप्सन निःशुल्क पाउन सक्ने छन् ।

Advertisement

यो क्याम्पेनमा भाग लिन बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सकिने छ । मोबाईल मनीको ‘फोन–पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नु पर्नेछ । यति गरेपछी नै यस क्याम्पेनमा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

क्यम्पेनको अवधिपछी युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकहरुले  १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउने छन् । जती धेरै पटक नगद ट्रान्सफर गर्यो, त्यती नै धेरै जित्ने मौका पाइने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement