काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा असार २३ गते हुने भएको छ । यसअघि जेठ ११ गतेका लागि डाकिएको वार्षिक साधारण सभा काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण स्थगित भएको थियो ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुनः साधारण सभाको मिति तोकेको कम्पनी सचिव सुबोधलाल श्रेष्ठले जनाएका छन् । कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा बिहान १०ः३० बजेदेखि भर्चुअल माध्यमबाट साधारण सभा सञ्चालन गर्ने निर्णय भएको कम्पनी सचिव श्रेष्ठले बताए ।
साधारण सभाबाट आव २०७६/७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफलसहित पारित गरिने छ ।
साथै समूह ख अन्तरगत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको लागि निर्वाचन गर्ने २ जना सञ्चालकहरुको लागि निर्वाचन समेत गरिने जनाइएको छ ।