मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह

Advertisement

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । 

पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न  अनुरोध गरिएको छ ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा प्रकाशित अपिलपत्रमा शब्दका आधारमा पछि निर्माण हुने भिडियोले दर्शकस्रोतामा झनै असर पुर्याउने भएकाले अश्लील गीत सिर्जना गर्ने कलाकारलाई  नरुचाइने जनाइएको छ ।   

प्रतिष्ठानका अध्यक्ष बिजीले तीजका गीतले व्यावसायिक सफलता हासिल गर्नु सुखद् हो भन्दै निरन्तर मौलिक सिर्जना पस्कने कलाकारलाई दर्शकस्रोताले सधैँ माया गरिरहेको बताए ।  

Advertisement

Advertisement