जुन नेताले आफ्ना छोराछोरी विदेश पठाएको छ, उसले यो देश बनाउँदैन्ः कंडेल

Advertisement

काठमाडौं । इन्जिनियर दिपेन्द्र कंडेलले आफ्ना छोराछोरी विदेश पठाउने नेताले देशलाई माया गर्न नसक्ने तर्क अघि सारेका छन् । उनले छोराछोरी विदेश पठाउने नेतालाई राजनीति गर्न पनि दिन नहुने बताए । 

कंडेलले वीपी कोइरालाका सन्तानहरूमा नेपालमै गएर केही गर्नुपर्छ, देश विकास गर्नुपर्छ भन्ने देखिए पनि अन्य देशका छोराहरू भने विदेशमै हराउने, विदेशमै रमाउने प्रवृत्ति देखिएको भन्दै नेपाल आएका नेताका केही छोराछोरी टुरिष्ट जस्ता रहेको बताए । 

Advertisement

कंडेलले भने, ‘छोराछोरी विदेश पठाउने कि प्रष्ट भन्नुपर्यो यो देश बन्दैन । हामीले राजनीति गर्या जस्तो मात्रै गर्या हो । हामी पनि भोलि उतै जाने हो । होइन देश बनाउने हो भने छोराछोरी किन विदेश पठाएको ? यस्ता नेतालाई राजनीति गर्न दिने त परको कुरा, देशबाटै लखेट्नुपर्छ ।’

नेतासँगै नेपालका धेरै प्रशासकदेखि बुद्धिजीवी भनेर चिनिएकाहरूले समेत आफ्ना छोराछोरीलाई विदेश पठाउने गरेको देखिन्छ । कंडेलले धेरै नाम चलेका व्यक्तिको पीआर युरोप, अमेरिका, क्यानडामा रहेको आफूसँग रेकर्ड रहेको दाबी गर्दै जसले आफ्नो छोराछोरीलाई नेपालमै पढाउने, नेपालमैं राजनीति वा कुनै पेशा व्यवसाय गराउँदैन भने त्यस्तो नेपालबाट नेपालीले कुनै आशा नगरे हुने बताए । 

उनले थपे, ‘यो देश बन्छ, बनाउनुपर्छ भन्ने त्यो नेतालाई विश्वास नै छैन् । विश्वास भए किन छोराछोरी विदेश पठाउँथ्यो ? आफ्नो सन्तानले देश छोडेर अर्को मुलुकको पीआर र ग्रिन कार्ड लिएको छ भने त्यो नेताले कुन मुखले राजनीति गरिरहेका छ ?’ राजनीति गर्नेले आफ्ना पढेका छोराछोरीलाई नै निजी सहायक बनाएर राख्दा राम्रो हुने कंडेलको तर्क छ । उनले भारतमा जन्मिएकाले नेपालको नागरिकता लिए भनेर विरोध गर्ने, अनि आफ्ना छोराछोरी विदेश पठाउने कुरा विरोधाभाष हो भन्दै देशको माया हुनेले आफ्ना छोराछोरी स्वदेशमै राखेर देउखाउनुपर्ने बताए ।

राजनीतिमा लाग्नेमा निष्ठा र प्रतिवद्धता चाहिने कंडेलको भनााई छ । एउटा अफिस चलाउन समेत एउटा उद्देश्य बोकेर .पद्दती बसालेर, लगनशील भएर काम गर्नुपर्छ भने देश चलाउने कुरा भनेको धेरै ज्ञान, निष्ठा, प्रतिवद्धता र नैतिक आचरण चाहिन्छ भन्दै उनले नेपालका धेरै नेतामा त्यो कुरा हराउँदै गएको बताए । 

साथै, कंडेलले मन्त्री बन्नासाथै फूलमाला र खादा लगाउने कुरा पनि गलत भएको बताए । मन्त्री, प्रधानमन्त्री भएर जनतासामु काम गरेर देखाएपछि फूलमाला र खादा लगाएको अर्थ हुने उनको तर्क छ । कंडेलले प्रधानमन्त्री वा मन्त्री बन्नका लागि मात्रै होइन्, देश बनाउनका लागि हुनुपर्छ भन्दै उनले देश बनाउन चाहनेले अर्काको सिफारिसमा होइन्, आफै अग्रसर भएर अगाडि आउनुपर्ने तर्क गरे । 

तर अहिले प्रधानमन्त्री पद बाँडेर खाने हो जस्तो ढंगबाट काम भइरहेको उनले बताए । देश विकासका लागि एक पटक नियुक्त भएको प्रधानमन्त्री र मन्त्रीले कम्तिमा पाँच बर्ष काम गर्न पाउनुपर्ने उनको धारणा छ ।

Advertisement

Advertisement