कर्पाेरेट राशिफलः आज (असार ३) तपाईंको व्यापार, व्यवसाय, सेयर बजार कस्तो रहला ?

आज २०७८ साल आषाढ महिनाको ३ गते बिहीबार, ज्येष्ठ शुक्लसप्तमी तिथि । 

मेष 
पेशागत जीवन स्थिर रहने छ । बोलीको प्रभावशालीतामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

वृष
बोलीमा रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला । पेशागत क्षेत्र अनुकुल नै रहने छ । नोकरी, सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र थोरै सकारात्मक दिशामा रहने छ । 

मिथुन 
दुविधात्मक व्यक्तित्व हुने छ । निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यहिनताका कारण कार्य क्षेत्रमा व्यवधान आउने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । बोलीको प्रभावकारीता आउने भएकाले संयमित रहनु होला । सुरक्षा निकाय, होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर जस्ता पेशामा सक्रियहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजार प्रतिकुल रहने छ ।

कर्कट
समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु नै बुद्धिमानी हुने छ । शारीरिक कमजोरी देखिने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । व्यक्तित्व कमजोर बन्ने छ । सेक्युरिटि, सुरक्षा निकाय, खेल, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर बजार प्रतिकुल हुने छ । 

सिंह
नरमपना देखा पर्ने छ तर कमजोर मनोबलयुक्त व्यक्तित्व हुने छ । निर्णय क्षमतामा कमि देखा पर्ने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि हुने हुँदा केही राहत मिल्ने छ । शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक छ । शेयर क्षेत्र पनि सकारात्मक हुने छ । 

कन्या
लक्ष्य प्राप्तिमा बाधा ब्यवधान देखा पर्ने छ । आम्दानीमा गिरावट आउने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले अत्यन्त धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । 

तुला
पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बिबादको अवस्था आउने छ । त्यसैले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । बोलीको प्रभाव घट्ने हुँदा बन्न बन्न लागेका काममा अवरोध आउने छ । शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र सकारात्मक रहने छन् । 

वृश्चिक
मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले सताउने छ । पेशागत क्षेत्रमा केही स्थिरता देखा पर्ने हुँदा यसले केही राहत प्रदान गर्ने छ । दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छैन् । 

धनु 
परीवारिक जीवनमा कटुता र तनाव देखिने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार अनुकुल रहने छैन् । 

मकर 
व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा निराशा भावले सताउने छ । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, पानी, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र भने अनुकुल रहने छ । 

कुम्भ 
पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । कार्यालयमा आफूभन्दा माथिल्ला पदका पदाधिकारीसँग बुझाइको अन्तर हुने र बिबाद चर्किने छ । बौद्धिक क्षेत्र र पेशागत जीवनको धरातल बीच सन्तुलन नहुँदा मनमा निराशाले गाँज्ने छ । शेयर बजार औसत अवस्थाबाट गुज्रने छ । 

मीन
दुविधात्मक व्यक्तित्व देखा पर्ने छ । भाग्य हिनताका कारण मनमा पनि हिनताको भाव बढ्ने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले धैर्य भएर कार्यालयका गतिविधिमा सक्रिय हुनु होला । चिनी, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् । शेयर बजार औसत तर प्रतिकुल तर्फ ढल्कने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)