हंगेरीको अवैतनिक महावाणिज्यदूतमा अरुणकुमार चौधरी नियुक्त

Advertisement

काठमाडौं । नेपाल सरकारले अरुणकुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । 

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो । 

Advertisement

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । डा. सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत व्यक्त गरे ।  

चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।  

Advertisement

Advertisement