ब्याजदरको म्यासेज धमाधम मोबाइलमै, अनावश्यक खर्च मात्रै बढ्योः एनबीए

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदरको म्यासेज वित्तीय ग्राहकको मोबाइलमै बजाउन थालेका छन् । निक्षेप र कर्जाको ब्याजदर परिवर्तन गर्दा ग्राहकलाई एसएमएस वा इमेलबाटै जानकारी दिनुपर्ने राष्ट्र बैंकको बाध्यकारी व्यवस्थापछि बैंकहरूले धमाधम एसएमएसबाटै जानकरी दिन सुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट ‘बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको व्याजदर परिवर्तनसम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेलमामार्फत तत्काल उपलब्ध गराउनु पर्ने’ व्यवस्था गरेको छ ।

Advertisement

उक्त व्यवस्थालाई राष्ट्र बैंककले ११ जेठ २०७८ मा सार्वजनिक सूचनामार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशनसमेत जारी गरिेकेका छ । राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको हो ।

राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपमा दिने ब्याजदर मासिक रूपमा परिवर्तन गर्न सकिने सुविधा भने दिएको छ । यस्तो सुविधा उपयोग गर्न आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरि सक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंकहरूले हरेक मसान्तमा यस्तो व्याजदर सार्वजनिक गर्ने गरेका छन् । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले पत्रपत्रिकाबाहेक ग्राहकलाई मोबाइलबाटै जानकारी पनि दिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार यस अघि पनि ब्याजदर परिवर्तन गर्दा सम्बन्धित ग्राहकलाई जानकारी गराउनुर्छ भन्ने व्यवस्था थियो । ब्याजदर बढ्दा वा घट्दा ग्राहलाई जानकारी  त गराउनुपथ्र्यो नै अब भने निक्षेप र कर्जा दुबैको जानकारी मोबाइल वा इमेलबाटै गराउनुभन्ने निर्देशन भएको पनि उनले बताए ।

ग्राहकलाई परिवर्तन भएको व्याजदर र यथावत राखिएको व्याजदरको बारेमा बैंकहरूले म्यासेजमार्फत जानकारी दिनुलाई सकारात्मक नै मान्नुपर्ने पनि ढकाल बताउँछन् । यस्तो जानकारी दिएवापत भने कुनै पनि अतिरिक्त शुल्क भने लिन पाउँदैनन् । ग्राहकले खाता खोल्दै आफूले लिने सेवाको शुल्क तिरेको हुन्छ । सोही अनुसार सेवा दिइएको हुनुपर्ने उनको भनाइ छ ।

अनावश्यक खर्च बढायो: एनबीए
बैंक तथा वित्तीय संस्थाहरूले भने राष्ट्र बैंकको निक्षेप र कर्जाको ब्याजदरको जानकारी एमसएमएबाटै दिनुपर्ने अनिवार्य व्यवस्थाले खर्च मात्रै बढाएको टिप्पणी गरेको छ । बैंकर्स संघ नेपाल (एनबीए)का उपाध्यक्ष अनिल उपाध्यायका अनुसार यस अघि पनि निक्षेपमा दिने ब्याजदर परिवर्तन हुँदा सार्वजनिक सूचना प्रकाशन गरेर जानकरी दिने नै गरिएको थियो । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमार्फत ब्याजदरको जानकारी दिएकै हुन्छन् ।

उपाध्यायका अनुसार राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले इमेल वा मोबाइलबाटै दिनुपर्ने भएपछि इमलेभन्दा मोबाइल एसएमएस प्रभावकारी हुने भएकोले एसएमसएबाटै ब्याजदरको जानकारी दिन बाध्य भएका छौं । यस्तो व्यवस्थाले बैंकहरूको खर्च मात्रै बढाउने बुझाई उनको छ ।

उपाध्याय भन्छन्, ‘ब्याजदर सार्वजनिक गरिसकेपछि सोही जानकारी मोबाइलमा म्यासेज गर्दा धेरै ग्राहक हुनेलाई खर्च बढाउँछ । निजीको तुलनामा अझ सरकारी बैंकका ग्राहक धेरै हुने, साना निक्षेपकर्जा र ऋणी धेरै हुने हुँदा यस्तो खर्च सरकारीको अझै बढ्ने बुझाई पनि कृषि विकास बैंकका सीईओसमेत रहेको उपाध्ययाको छ ।

प्रकाशन भइसकेको जानकारी पुनः एसएसएसबाट दिनुपर्ने जरुरी नभएपनि राष्ट्र बैंकको निमयले बाध्यकारी बनाएकोले ग्राहकको जानकारीका लागि भएपनि सूचना दिन थालिएको पनि उनको भनाइ छ । बैंकहरुले बचतको ब्याजदर परिवर्तन हुँदा सबै बचत खाता भएका ग्राहकलाई सन्देश पठाउनुपर्ने र कर्जाको परिवर्तन गर्दा सबै कर्जा लिएका ऋणीलाई सन्देश पठाउने पर्ने व्यवस्था भएको छ । यसले उक्त जानकारी चाहने वा नचाहने सबैलाई होलसेलमा जाने बुझाइ पनि बैंकहरूको छ ।

बैंकले वचत खाताको ब्याजदर सम्बन्धित ग्राहकलाई दिएको प्रतिनिधिमूलक म्यासेज 

सम्बन्धित समाचार

वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

Advertisement

Advertisement