नेपालमा नोकिया जी२० र जी १० लञ्च, कति पर्छ मूल्य ?

Advertisement

काठमाडौँ । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ ।

नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी–सिरिज हाम्रो स्मार्टफोनको हटर््ल्याण्ड हो ।

Advertisement

प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले भने, “नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको छ । लभ इट–हामी उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्दछौँ जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकहरुलाई नोकिया फोनहरुलाई अझ बढी माया गर्ने कारणहरु दिएको छ । ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ ।  किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ । हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकरात्मक प्रभाव पार्न सहयोग पुर्याएको छ ।”

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी भिडियो ओजो अडियोको साथ कैद गर्दछ। नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ । 

रंग, मूल्य र उपलब्धता
नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ  नाइट र ग्लेसियर । ४÷६४ जीबीको भेरियन्ट नेपाली रु १९,९९९ मा उपलब्ध हुनेछ  । नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४÷६४ जीबीको भेरियन्ट नेपाली रु १६,९९९मा उपलब्ध हुनेछ । नोकिया जी २० र नोकिया जी १० देशको स्टोरहरुमा असार ३ बाट उपलब्ध भइरहेको कम्पनीले जनाएको छ । 


 

Advertisement

Advertisement