कर्पाेरेट राशिफलः आज (असार ४) तपाईंको व्यापार व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ साल आषाढ महिनाको ४ गते शुक्रबार, ज्येष्ठ शुक्लअष्टमी तिथि । अष्टमीव्रत, वायु अष्टमी ।

मेष 
मनमा अत्याधिक धेरै दुविधा आउने छ । यसले गर्दा निर्णय क्षमतामा कमि आउने छ भने सुख सुविधामा कमि हुने छ । भोग गरिरहेको सुख सुविधाका विषयहरुमा द्वन्द देखा पर्न पुग्ने छ । पेशागत जीवन स्थिर रहने भएकाले केही राहत मिल्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुने छ । होटल, रेष्टुरेण्ट, जलविद्युत क्षेत्रमा संलग्नहरुलाई चुनौतिपूर्ण समय रहेको छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

Advertisement

वृष
चलाख व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । वाणिज्य व्यापार क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहने छ । वाणिमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर बनार सकारात्मक रहने छ । 

मिथुन 
परिवारको साथले सुखको अनुभुति हुने छ । पैतृक सम्पत्तिको साथले गर्दा सुख सुविधा उपभोग गर्न पाइने छ । दृढ व्यक्तित्व हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । बोलकिो प्रभावकारीतामा गिरावट आउने भएकाले संयमित रहनु होला । वित्तिय अवस्थामा गिरावट आउने छ । पेशागत जीवन औसत रहने छ । शेयर बजार औसत रहने छ । 

कर्कट
मेहनत र पराक्रमी बन्न मन लागेता पनि शारीरिक कमजोरीले अवरोध गराउने छ । दुविधात्मक व्यक्तित्व बन्ने छ । निर्णय क्षमतामा भारी गिरावट आउने भएकाले यस विषयमा सचेत रहनु होला । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । कमजोर व्यक्तित्व हुने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट, सेक्युरिटि गार्ड, सुरक्षा निकाय, खेल, अग्नि रक्षक जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर बजार प्रतिकुल रहने छ । 

सिंह
बोलीमा लचकता देखा पर्ने छ । भाग्यहिनताका कारण आफूलाई अभागि महशुस हुने छ । कार्य प्रगतिमा बाधा व्यवधान उत्पन्न हुने छ । निर्णय क्षमतामा कमि आउने छ । शारीरिक समस्याहरु देखा पर्न जाँदा अस्पतालको खर्च बढ्न पुग्ने छ । हृदय, पिठ्यु, गर्दन, उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोला । प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल, शिक्षण जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

कन्या
नरमखाले व्यक्तित्व बन्ने छ । शितल स्वाभाव हुने हुँदा सबैसँग मिल्न सकिने हुन्छ । आम्दानी तथा राखिएका सपना पुरा हुने छैन् । आम्दानीमा हुने उच्च गिरावटले पारीवारिक वित्तिय सन्तुलनमा असन्तुलन पैदा गर्दा मनोबलमा पनि भारी गिरावट ल्याई दिने छ । धेरै जोखिम मोल्ने समय नरहेकाले औसतमा जीवन अघि बढाउने विषयमा सोच्नु बाञ्छनीय हुने छ । शेयर क्षेत्र औसत रहने छ । 

तुला
समय धैर्य भएर पाइला चाल्नु पर्ने खालको भएकाले संयमित रहनु होला । पेशागत जीवनमा गम्भीरखाले उतारचढाव देखा पर्ने छन् । गर्न खोजेका कामहरु सम्पन्न हुने छैनन् । ठुलो लगानीमा नयाँ व्यवसाय शूरु गर्ने समय नभएकाले अहिले औसत रुपमा अघि बढ्ने प्रयास गर्नु बुद्धिमानी हुने छ । पेशागत जीवनमा बिबादको अवस्था आउने छ । शेयर क्षेत्र भने सकारात्मक रहने छन् । 

वृश्चिक
भाग्यको साथका कारण आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । चिताएको जति कार्य सफलता नहुँदा मनमा भने भाग्यहिनताको अभाष हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा अवरोध देखा पर्ने छ । पानी, दुध, दुग्ध पदार्थ, पेय पदार्थ, मदिरा, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

धनु 
पेशागत जीवनमा छिटो निर्णय नलिनु होला । केही समय लिएर धैर्यतापूर्वक निर्णय लिनु पर्ने समय छ । पेशागत जीवनमा द्वन्दात्मक अवस्था आउने भएकाले बुद्धिमतापूर्वक अघि बढ्नु होला । परीवारिक जीवनमा कटुता र तनाव देखिने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर बजार पनि अनुकुल रहने छैन् । 

मकर 
दृढताले भरिएको व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा वा सल्लाहमा काम गरेमा भाग्योदय हुने छ । आम्दानीको विषयलाई लिएर दम्पत्तिका बीचमा द्वन्द देखा पर्ने समय रहेकाले बादबिबादमा भने नजानु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । पारिश्रमिक वा ज्याला प्राप्त गर्न कठिनाई हुने भएकाले सतर्क रहनु होला । शेयर क्षेत्र भने अनुकुल रहने छ । 

कुम्भ 
मनमा दुविधाले अत्याधिक सताउने छ । यो गरौं कि त्यो गरौं भइरहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा धेरै गिरावट आउने हुँदा हतास भने नहुनु होला । चिसोले सताउने छ । पानीदेखि निकै सतर्क रहनु होला । समय निकै होशियार रहनु पर्ने खालको छ । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । शेयर बजार औसत रहने छ । 

मीन
भित्रि बलको अभाव हुने छ । जीवनसाथिको सल्लाहलाई गम्भीरतापूर्वक लिनु होला । पेशागत जीवनमा विचार गरि पाईला चाल्नु पर्ने समय छ । समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र विकल्प देखिन्छ । व्यक्तित्वमा पनि दुविधात्मक पना देखा पर्दा अरुलाई अन्योल बनाइ दिने छ । अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । शेयर बजार प्रतिकुल तर्फ अघि बढ्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement