यस पटकको युरो कप कस्ले लैजाला ? रमेश सापकोटा भन्छन्– यसकारण इटलीले लानसक्छ

Advertisement

काठमाडौं । रमेश सापकोटा, डिशहोमका महाप्रवन्धक मात्रै नभएर एक खेलप्रेमी हुन । त्यसमाथि फुटबल खेलमा उनको निकै ‘क्रेज’ छ । हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय म्याच नछुटाइ हेर्नेदेखि परिआउँदा मैत्रीपूर्ण फुटबल खेल खेल्न मैदानमा पनि उत्रिन्छन् । 

अफिसको दिनभरीको दौडधुप, बैठक, कुराकानीले बेलुकी शरीर थकित भइसकेको हुन्छ । तर अहिले युरो कप २०२० चलिरहेको छ । नेपालीसहित विश्वभरका फुटबल पारखीहरूको ध्यान अहिले यसैले खिचेको छ । र, रमेश सापकोटाको पनि । यस पटकको युरो कप आफूले सर्पोट गरेको टिम इटलीले उचालोस भन्ने कामना गर्दैछन् उनी । सापकोटासँगको कुराकानीः

Advertisement

इटली नै किन ? 
मैले फुटबल हेर्न थालेको १९९० को विश्वकपबाट हो । त्यो बेलामा सानै थिएँ । एक–दुई वटा म्याच हेरेको सम्झना छ । नियमितरुपमा अन्तर्राष्ट्रिय फुटबल म्याच हेर्न थालेको चाहीं १९९४ को विश्वकपबाट हो । त्यो बेला म्याराडोनाको निकै चर्चा हुन्थ्यो । तर म इटलीको रोर्बटो बाजियोको फ्यान थिएँ । त्यसपछि मैले अहिलेसम्म दोस्रो देश इटलीलाई मान्ने गरेको छु चाहे युरो कप होस, चाहे वल्ड कप । 

सन् १९९४ को वल्ड कपमा के भएको थियो ? भने नाइजेरिया र इटलीबीचको खेलमा नाइजेरियाले २–१ ले लिड गरिरहेको थियो । तर ८९औं मिनेटमा गोल हानेर रोर्बटो बाजियाले ड्र गर्यो र एक्ट्रा टाइममा अर्को गोल गरेर इटलीलाई जितायो । त्यस्तो लाष्ट आवरको क्रिटिकल समयमा गोल गरेर आफ्नो मुलुकलाई कमब्याक गरेकाले म उसको फ्यान भए । पछि म १९९८ मा जिनेदिन जिदानको पनि फ्यान भए । त्यतिबेला मैले कपालै काटेर जिदानलाई सर्पोट पनि गरेको थिए । यद्यपि मेरो पहिलो फ्यान भनेको रोर्बटो बाजियो नै हो । 

मैले हरेक युरो कप र वल्ड कपमा इटलीलाई सर्पोट गर्दै आएको छु । सन् २००६ को वल्ड कप इटलीले जितेपछि मलाई निकै खुशी पनि लाग्यो । म इटलीको जर्सी लगाएर पनि हिंड्थें । साथीहरूसँग  इटली र रोर्बटो बाजियोको पक्षमा डिबेट गर्थें । अरु म्याच छुटे पनि इटलीको म्याच नहेरी हुन्थेन् । एक हिसावले नशा जस्तै भएको छ फुटबल मलाई ।  

सुरुसुरुमा यस्ता अन्तर्राष्ट्रिय म्याचहरू हेर्न अहिले जस्तो सहज थिएन् । टिभी सबैको घरघर र कोठाकोठामा हुन्थेन् । सन् १९९४ को वल्डकप हेर्न म अस्कल कलेजको होटलमा जान्थें । यद्यपि मेरो कोठा बाहिर थियो । त्यतिबेला म आईएससी अध्ययन गर्दै थिएँ । होटलमा टिभी पनि भएको र साथीहरूसँग पनि भेट हुने भएकाले हेर्न रमाइलो पनि हुन्थ्यो । कोही कुनै देशको सर्पोटर हुन्थ्यो भने कोही कुनै । म इटलीको थिएँ । आफूले सर्पोट गरेको टिमले हार्यो, आफू फ्यान भएको खेलाडीले गोल गर्न चुक्यो भने साह्रै नमज्जा लाग्ने ।  

म सानैदेखि फुटबल खेल्न मन पराउने व्यक्ति पनि हो । म फुटबल खेल्दा स्ट्राइकरको पोजिशनमा खेल्ने भएकाले १० नम्बर जर्सी साह्रै मन पर्छ । अहिले पनि कुनै मैत्रीपूर्ण खेल भयो भने म १० नम्बर जर्सी लगाएरै खेल्न मन लाग्छ । एक–दुई वटा गोल हान्न पनि मन लाग्छ । 

यस पटकको युरो कप कस्ले लैजाला ? 
यस पटकको युरो कप इटलीले लैजाने धेरै संभावना छ । किनभने टर्कीसँग सुरुमा उसले खेलेको म्याचबाट म निकै प्रभावित भएँ । धेरै आशावादी पनि छु । पछिल्लो म्याच पनि स्वीजरल्याण्डलाई हराएर इटलीले नै जितेको छ । इटलीको एउटा व्यालेन्स टिम छ । जहाँसम्म लाग्छ यस पटकको युरो कप इटलीले नै लैजान्छ । धेरैको अनुमान पनि त्यही छ । 

डिफेण्डिङ खेल्ने टिमको रुपमा रहेको इटलीले आफूलाई यस पटक परिवर्तन गरिदियो । इटलीको कोचले टिमलाई एकदमै सशक्त र राम्रो बनाएका छन् । कोरियामा २००२ मा भएको विश्वकपमा जुन ब्राजिलको टिम थियो, रोबर्टो कार्लोस, रोनाल्डोलगायतको, त्यस्तै व्यालेन्स, सशक्त र फर्वाड टिम बनेको छ इटलीको । मलाई अहिले कस्तो लागिरहेको छ भने त्यो बेलादेखि नै इटलीको फ्यान भएर मैले ठिकै गरेछु । किनभने अहिले उसलाई सर्पोट गर्न मज्जा भइरहेको छ । हामीले इङ्लिस प्रिमियर लिग पनि फलो गर्ने भएकाले इङल्याण्ड पनि राम्रो टिम छ । यो पनि संभावना भएको टिम हो । तर मैले हेर्दा उसले महत्वपूर्ण समयमा आफ्नो प्रस्तुती देखाउन सकेको छैन् । त्योबाहेक फ्रान्सको टिम पनि राम्रै छ । बेल्जियम पनि कमजोर छैन् । यद्यपि उसले पहिला जस्तो राम्रो गर्न सकेको छैन् । 

नेपाली कमेन्ट्रि लोकप्रिय
अहिले डिशहोमसहित धेरैले केबल तथा टेलिभिजन सेवा प्रदायकले युरो कपको प्रत्यक्ष प्रसारण गरिरहेका छन् । युरो कपको म्याच राति छ । राति एक्लै म्याच कुरेर बस्दा निद्रा लाग्छ । तर अहिले क्लब हाउस समय बिताउने साह्रै राम्रो माध्यम भएको छ । क्लब हाउसमा युरो २०२० ग्रुपमा छलफल हुन्छ । निषेधाज्ञाले घर बाहिर निस्किन नसकेका सयौं साथीहरू यसमा आवद्ध भएर कुराकानी गर्न मिलेको छ । आफ्ना विचार र भावनाहरू पोख्न सकिएको छ । 

एक्शन स्पोर्ट टिभी डिशहोममै हेर्दा पनि ४–५ सेकेण्ड चाँडै आउने भएकाले गोल हान्ने बित्तिकै मैले पहिला ‘गोल’ भनेपछि बल्ल क्लब हाउसका अरु साथीले गोल भन्छन् । कसैले केबलबाट हेरेको हुन्छ भने कसैले अनलाइनबाट । तर चाँडो डिशहोम हुने । त्यो हुँदा धेरैमा डिशहोम नै जडान गर्नुपर्ने पो रहेछ भन्ने अनुभव भएको छ । डिशहोम भनेको प्रिमियम रहेछ भन्ने धेरैलाई लागेको छ । 

अर्को कुरा नेपाली कमेन्ट्रीको अवधारणा अरु नेपाली सेवा प्रदायकले सोचेको पनि थिएन् । डिशहोमले यसको सुरुवात गर्यो । यस्तो कोरोनाको महामारीमा पनि युरो कपमा राम्रो ढंगले नेपाली कमेन्ट्रि गरिरहेका छौं । कतिपयलाई रिमोर्टको अडियो बटम दबाएपछि नेपाली र अँग्रेजी दुवै कमेन्ट्री आउँछ भन्ने थाहा हुँदो रहेनछ । अहिलेको पटक यो कुरा सबैले थाहा पनि पाए । रातिमा युरो कपसँगै कोपा अमेरिका म्याच पनि हेर्ने, बरु बिहान ६ बजे सुत्ने गरेर पनि आफूलाई अभ्यस्तै गर्दैछु । 

अहिले युवाहरूमा युरो कपप्रति निकै क्रेज बढेर गएको मैले देखें । किनभने उनीहरूलाई म्याच हेर्न नयाँ प्रविधिले धेरै खालका विकल्पहरू दिएको छ । मोवाइलमा पनि म्याच हेर्न सकिन्छ । क्लब हाउसमा ज्वाइन भएका मानिसहरू हेर्दा १५–१६ बर्षदेखि ५० बर्षमाथिसम्मको क्रेज फुटबलमा देखिन्छ । अरु टेलिभिजनमा पनि युरो कपको प्रत्यक्ष प्रसारण भइरहेको छ । तर अधिकांश मानिसले भने एक्शन स्पोर्टस नै हेरेको देखिन्छ । यसको मुल कारण भनेको अरुभन्दा ५–६ सेकेण्ड चाँडै प्रसारण हुने र क्वालिटि नै राम्रो भएकोले हो । 

Advertisement

Advertisement