धितोपत्र बोर्डविरुद्द सर्वोच्चमा परेको रिटमा असार ६ गतेलाई पेशी तोकियो

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा दायर रिटमा असार ६ गतेलाई पेशी तोकिएको छ । नेप्सेमा सुचीकृत ५१ कम्पनीमा लगानी गर्न जोखिम रहेको भन्दै उनीहरूको नाम सार्वजनिक गर्ने बोर्डको निर्णयबिरुद्द अधिवक्ता रविन बोहजु र सुरेन्द्र कोंजुले शुक्रबार रिट दायर गरेकोमा असार ६ गतेलाई पेशी तोकिएको हो ।  

रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ती बदर गर्न माग गरिएको अधिवक्ता बोहजुले कर्पोरेट नेपाललाई बताए । बोर्डको उक्त निर्णय बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । 

Advertisement

रिट निवेदनमा सेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश दिनको लागि पनि आग्रह गरिएको उनले बताए ।

Advertisement

Advertisement