Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आन्तरिक माग पूरा गरेर धेरै हुन्छ भने ढुंगा, गिटी बालुवाको निकासी गर्दा फरक नपर्ने तर्क गरेका छन् । 

कर्पोरेट नेपालसँगको अन्तरवार्तामा उनले अहिले नै आन्तरिकरुपमा ढुंगा, गिटी बालुवाको ठूलो अभाव रहेको बताउँदै पहिला आन्तरिक माग सहज हुनुपर्ने बताएका हुन् । 

Advertisement

सिंहले केही ठूला निर्माण कम्पनीको नेपालमा एकाधिकार रहेको र नीतिगतरुपमा पनि उनीहरूलाई संरक्षण गर्ने काम भएको भन्दै यसलाई तोड्न चाँडै कानुनी सुधार जरुरी रहेको बताए । उनले बदमासी गर्ने गलत खालका निर्माण कम्पनीलाई कारवाही भए महासंघले समर्थन गर्ने पनि बताए । सिंहसँगको रोचक कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Advertisement

Advertisement