टाउकाको ओखती नाइटामा लगाएर हुन्न, दल र नेता सुध्रिएनन्, चौतर्फी संकटमा पारेः बाबुराम

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका नेता बाबुराम भट्टराईले दल र नेता नसुध्रिएका कारण मुलुक चौतर्फी संकटमा पारेको बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा लेख्दै काँग्रेस काँग्रेसजस्तो, कम्युनिष्ट कम्युनिष्ट जस्तो नभएको भन्दै उनीहरूमा सुधार नआए समयलाई कसैलाई नपर्खिने पनि बताएका छन् । 

Advertisement

बाबुराम लख्छन्, ‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन नै हो । कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयॉ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’

Advertisement

Advertisement