जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ मजदुरको मृत्यु

Advertisement

काठमाडौँ । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा गए राति आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् । मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौढ र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेको प्रहरीले जनाएको छ । 

राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा घाइते भएका छन् ।  उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका विकलाई वीरगञ्जको नारायणी वयोधा अस्पतालमा रिफर गरिएको छ ।

Advertisement

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा राति साढे ७ बजे आगलागी भएको हो । दुईवटा दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement