निषेधाज्ञाको बिवाहः बेहुला बेहुली मोटरसाइकलमा सरर...

Advertisement

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । 

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । 

Advertisement

विवाहमा अन्य कुनै तडकभडक देखिएन । कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ । रासस

Advertisement

Advertisement