उडान खुलाउन सार्वजनिक यातायातको अड्को: अन्तर्राष्ट्रिय बढाइँदै, आन्तरिकको टुंगो लागेन

Advertisement

काठमाडौं । वायुसेवा सञ्चालक संघले सरकारलाई ८ असारदेखि आन्तरिक हवाई उडान खुला गर्न सिफारिश गरेको छ । आन्तरिक उडान खुला गर्न र दैनिक कम्तिमा आधा घण्टाको फरकमा दैनिक एक गन्तव्यमा जाने गरी भएपनि उडान खुला गर्न प्रस्ताव गरेको  छ । सरकारको यस्तो प्रस्तावलाई पर्यटन मन्त्रालयले भने स्वीकार गरिसकेको छैन् ।

आन्तरिक हवाई उडान खुला गराउँदा यस अघि सार्वजनिक यातायातले विरोध गरेका कारण निषेधाज्ञा सुरु भएको चार दिनमै सरकारले सबै आन्तरिक उडानलाईसमेत बन्द गराएको थियो । आन्तरिक उडान पनि सार्वजनिक यातायातमै पर्ने र उडान खुला भएपनि आउन जान सार्वजनिक यातायात आवश्यक पर्ने भन्दै यातायात व्यवसायी महासंघले विरोध गरेका छन् ।

Advertisement

यातायात व्यवसायीले सार्वजनिक यातायात र हवाई यातायात दुबै यातायातको साधान भएपनि विभेदकारी नीति नअपनाउन मातहको तालुक मन्त्रालयक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

उनले भने ‘सरकारले यातायातकै साधनलाई पनि विभेदकारी नीति अपनाएकोले हामीले विरोध गरेका हौं ।’ हवाई उडान खुला हुन्छ भने सार्वजनिक यातायात पनि खुला हुन्छ । जति हवाई जहाजमा बस्दा संक्रमणको जोमिख हुन्छ त्यति नै सार्वजनिक यातायातमा पनि हुन्छ । सार्वजनिक यातायातमा बढी र हवाई यातायातमा कम जोखिम हुन्छ भन्ने तर्क गरेर मात्रै सेवा रोकिन नहुने तर्क पनि कर्माचार्यको छ ।

उनका अनुसार हवाई यातायातको तुलनमा कहाँ र कसरी कमजोरी भएको हो, कुन कुन ठाउँमा कमजोरी भएको हो भनेर स्पष्ट हामीलाई भन्न पनि नसक्ने अनि सार्वजनिक यातायातलाई मात्रै दोष दिन नहुने तर्क कर्माचार्यको छ । उनले भने ‘सार्वजनिक यातायात खुला गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न हामी पनि तयार छौं त्यसैले सबै यातायात मजदुर र चालकलाई खोप दिएरमात्रै खोल्ने गरी सरकारले तत्कालै तयारी गर्नुपर्ने हुन्छ ।’

सरकारले यही असार महिनाको अन्तिम साताबाट सार्वजनिक यातायात पनि खुला गर्ने अनौपचारिक छलफल भइरहेको छ । त्यो बेलासम्म खोप दिइसक्नुपर्ने र यातायातलाई हवाई यातायातको तुलनामा कमी कमजोरी नहुने गरी सेवा दिन गर्नुपर्ने कार्य तथा स्वास्थ्य मापदण्ड पालाना गर्न तयार छौं  । त्यसैले यो पटक सार्वजनिक र हवाई यातायात एकैपटक खुला गर्नुपर्छ भन्ने मागलाई अगाडि सारिएको पनि कर्माचार्यले कर्पोरेट नेपालसँग बताए ।

कर्माचार्यले भने ‘आन्तरिक हवाई खुला गर्दा पनि यात्रु आउँछन भन्ने हुँदैन् यसका लागि सार्वजनिक यातायात पनि खुला गर्नुपर्ने हुन्छ । सरकारको नीतिले पैसा हुने र जहाज चढ्न सक्ने क्षमताका यात्रुलाई मात्रै सुविधा दिने अरु सामान्य नागरिक तथा सार्वजनिक यातायात प्रयोग गरेर हिड्ने यात्रुले चाहिँ सुविधा नपाउने भन्ने हुँदैन् ।

सिमित गन्तव्य र वायुसेवाको उडान खोल्नुपर्छ : वायुसेवा
आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार ८ असारदेखि हवाई उडानलाई समय र वायुसेवाबीचको दूरी मिलाएर खोल्न प्रस्ताव गरिएको बताउँछन् । उनी भन्छन्, ‘यस अघि पनि निषेधाज्ञाको चार दिनसम्म स्वास्थ्य मापदण्ड पूरा गरेर सुरक्षित तवरले हवाई उडान सञ्चालन गरिएको थियो ।

अब पनि सोही अनुसार गर्न सकिन्छ । कँडेलका अनुसार आन्तरिक उडानमा एक पटकमा जम्मा ७२ जना मात्रै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन गर्न सकिन्छ । धेरै यात्रु हुने र भिडभाड गर्नु पर्ने तथा व्यवस्थापन गर्न गाह्रो हुने विषय होइन् । त्यसैले आन्तरिक उडान सिमित गन्तव्य र क्षेत्रमा खुला गर्न माग गरिएको वायुसेवा सञ्चालक संघको भनाइ छ ।

कँडेल भन्छन्, ‘सार्वजनिक यातायातको मापदण्ड अर्के हो हवाई उडानको अर्कै हो ।’ सरकारले सार्वजनिक यातायातसँग जोडेर हवाई उडान बन्द गर्ने र रोक्ने गर्नु हुँदैन् । हवाई उडान सुरक्षित, भरपर्दो र संसारभर नै नरोकिएको अवस्थामा नेपालमा मात्रै रोकिनु नहुने बुझाई पनि वायुसेवा सञ्चालक संघका प्रवक्ता शर्माको छ ।

आन्तरिक उडान खुला गर्न हवाई क्षेत्रको नियामक निकाय नोपल नागरिक उड्डयन प्राधिकण सकारात्मक छ भने सरकारले पनि आवश्यक मापदण्ड पालना गरेर थोरै संख्याबाट खुला गर्न आवश्यक तयारी भइरहेको कँडेल बताउँछन् ।

आन्तरिक उडान हरेक विमानस्थलमा कम्तिमा एकवटा र वायुसेवा अनुसार उडान समय निर्धारण गर्ने, उडान समय व्यवस्थापन गर्न सकिने र विमानस्थलमा विमानस्थका तथा वायुसेवाका कर्मचारी, प्रहरी, नेपाली सेना, अध्यागमन विभागसहितका विभिन्न संयन्त्र पनि हुन्छ । उक्त संयन्त्रलाई पूर्ण परिचालन गरेर हवाई उडान खुला गर्न सकिने सुझाव वायुसेवा सञ्चालक संघले दिएको छ ।

प्रस्ताव नै तयार भएको छैनः पर्यटन मन्त्रालय
पर्यटन मन्त्रालयले भने आन्तरिक उडान खुला गर्ने विषयमा प्रस्ताव नै तयार नभएको बताएको छ । पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उडान महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उडानको तयारी हुँदै गरेकोले आन्तरिक तर्फ कुनै योजना अगाडि सारिएको छैन् ।

पहिले अन्तर्राष्ट्रिय उडान खुलाउने, वाहिरबाट आउन र जानलाई सहजीकरण गरेर मात्रै आन्तरिक उडान खुला गर्ने विषयमा सोच्न सकिने बुझाई पनि लामिछानेको छ । उनले भने ‘मन्त्रालयमा वायुसेवा कम्पनीले दबाब दिन थालेको, वायुसेवा सञ्चालक संघले उडान खोल्न प्रस्ताव गरिएको भएपनि पर्यटन मन्त्री नयाँ आएकोले उहाँले पनि बुझ्न लाग्नुभएको छ ।’

मन्त्रीले नै हतार नगारौ भनेका छन भने आन्तरिक हवाई उडान खुलाउने विषयमा पनि मन्त्रिपरिषदबाटै निर्णय गराउनुपर्ने हुन्छ । यसका लागि कुनै प्रस्ताव तयार भएर नगएको जानकारी पनि पर्यटन मन्त्रालयका अधिकारीले दिएका छन् । 
 

Advertisement

Advertisement