दलितलाई कोठा भाडामा नदिने काठमाडौंका एक घरबेटी पक्राउ

Advertisement

काठमाडौं । एक दलित युवतीलाई कोठा भाडामा नदिएको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले काठमाडौंको एक घरबेटीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बबरमहल निवासी सरस्वती प्रधान हुन् । 

उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शुक्रबार नै अदालतको अनुमति लिएर प्रधानलाई पक्राउ गरिएको र उनीसँग सोधपुछ भइरहेको जानकारी दिएको छ । 

Advertisement

Advertisement

Advertisement