शेयर बजार ६३.२८ अंकले तल झर्दा ११ अर्ब ८१ करोडको कारोबार, सबै समूह राताम्मे

Advertisement

काठमाडौँ । शेयर बजार केही दिनदेखि लगातार घटिरहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न ५१ वटा कम्पनी जोखिमयुक्त रहेको रिपोर्ट सार्वजनिक गरेपछि बजार ओरालो लाग्न थालेको छ । 

नेप्सेका अनुसार आज बजार ६३.२८ अंकले घटेको छ । २.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९०५.१४ अंकमा ओर्लिएको छ । आज २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपियाँ बराबरको कारोबार भएको हो ।

Advertisement

बजारमा पहिरो गएको दिन आज सबै समूह राताम्मे भए । सबैभन्दा बढी जीवन बीमा समूह ३१०.९४ अंक, निर्जीवन बीमा समूह २७९.२५ अंक र विकास बैंक समूह १६५.२२ अंकले घटेको छ । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी गुराँस फाइनान्सको शेयर मूल्य ८.६२ प्रतिशत र कुमारी बैंकको प्रोमोटर शेयरको मूल्य ८.६२ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी यूनियन हाइड्रोको शेयर मूल्य ९.८१ प्रतिशतले घटेको छ । 

नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ८० करोड ९९ लाख ९९ हजार ७ सय ७९ रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ । 
 

Advertisement

Advertisement