कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको नख्खु दोबाटोमा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आजदेखि आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदीप आचार्यले भिडियो कन्फरेन्स (भर्चुअल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भर्चुअल उपस्थिति थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । 

Advertisement

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । 
 

Advertisement

Advertisement